भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केही दाना कविता (९) / तुल्सी थापा

1,412 bytes added, 10:14, 16 सितम्बर 2020
'{{KKGlobal}} {{KKRachna |रचनाकार=तुल्सी थापा |अनुवादक= |संग्रह=एक न...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=तुल्सी थापा
|अनुवादक=
|संग्रह=एक निमेष अनन्तको
}}
{{KKCatNepaliRachna}}
<poem>
'''४१. काठमाडौँ'''
पहाड़हरू सबै चिसा छन्
यहाँ त छामेर भन्नुपर्छ
कसको मुटु तातो छ ।

'''४२ अल्पविराम'''
मलामीहरू किन सुस्ताउँदैनन् ?
कतै तिनले फेरि अर्कै लास
कुरेका त होइनन् ?

'''४३. अन्धयुद्ध'''
अब ती शङ्खनाद गर्ने छन्
आऊ यो युद्ध पनि हेरौँ
अब गिँडहरूमात्र लड्ने छन् ।

'''४४. आत्मा'''
नित्सेले क्रिया गरिनसकेको
मृत ईश्वरको ईश्वरत्व भेटिन्छ सर्वत्र
अझै भटकिरहेको ।

'''४५. यथास्थिति'''
ओडारबाट बाहिर निक्लेकै हौँ
उज्यालो के हो ठम्याउनै सकिएन
अँध्यारोबाट अँध्यारोमै पुगेछौँ ।

</poem>
Mover, Reupload, Uploader
10,400
edits