भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=सिमलको गीत / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
सुकेका परेलीमुनिको खडेरीमा
सारा वर्तमान डुबाएर आएकी छु
उनी वर्षात् पर्खिरहिछन्
म निथ्रुक्कै भिजेर आएकी छु
साँटेर एक जिन्दगी सपना
एक आकाश मृत्यु ओढेकी
ती मेरी एक्ली आमाको जीवन-चिता
भर्खरै सल्काएर आएकी छु
गर्भको गर्वले रोमाञ्चित तिनको सम्झनामा
आफ्ना लाचारीका केही थोपा विष मिसाएर आएकी छु
आमाको जिउँदोपनासँग
वैरत्व पालेर हुर्केका सन्तानको आत्मरतिले
जिस्काउँदै तथाकथित स्वाभिमानको
मैलो रूमाल हम्किएर आएकी छु
थाहा नपाउनेगरी उनको सिरानीबाट
कैयन शान्तिको निद्रा उडाएर आएकी छु
कहिलेदेखि गैर भएछु म
आफ्नै आमाको काखमा
सिउँडी रोपेर आएकी छु
जीवनको सीमाना मिचेर बनाएको
बुढ्यौलीको दशगजामा उभ्याएर उनलाई
मृत्युको दस्तखत लिएर आएकी छु
उनको झोल्लिएको पोल्टामा
सुटुक्क भरेर रुग्णताको बारूद
वात्सल्यको सम्बन्ध खुकुलो बनाएर आएकी छु
अघाएर आफू अनन्त रोजाइका विकल्पमा
उनको चाहनामा आज पटुका कसेर आएकी छु
उनी वर्षात् पर्खिरहिछन्
म निथ्रुक्कै भिजेर आएकी छु ।
</poem>
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=सिमलको गीत / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
सुकेका परेलीमुनिको खडेरीमा
सारा वर्तमान डुबाएर आएकी छु
उनी वर्षात् पर्खिरहिछन्
म निथ्रुक्कै भिजेर आएकी छु
साँटेर एक जिन्दगी सपना
एक आकाश मृत्यु ओढेकी
ती मेरी एक्ली आमाको जीवन-चिता
भर्खरै सल्काएर आएकी छु
गर्भको गर्वले रोमाञ्चित तिनको सम्झनामा
आफ्ना लाचारीका केही थोपा विष मिसाएर आएकी छु
आमाको जिउँदोपनासँग
वैरत्व पालेर हुर्केका सन्तानको आत्मरतिले
जिस्काउँदै तथाकथित स्वाभिमानको
मैलो रूमाल हम्किएर आएकी छु
थाहा नपाउनेगरी उनको सिरानीबाट
कैयन शान्तिको निद्रा उडाएर आएकी छु
कहिलेदेखि गैर भएछु म
आफ्नै आमाको काखमा
सिउँडी रोपेर आएकी छु
जीवनको सीमाना मिचेर बनाएको
बुढ्यौलीको दशगजामा उभ्याएर उनलाई
मृत्युको दस्तखत लिएर आएकी छु
उनको झोल्लिएको पोल्टामा
सुटुक्क भरेर रुग्णताको बारूद
वात्सल्यको सम्बन्ध खुकुलो बनाएर आएकी छु
अघाएर आफू अनन्त रोजाइका विकल्पमा
उनको चाहनामा आज पटुका कसेर आएकी छु
उनी वर्षात् पर्खिरहिछन्
म निथ्रुक्कै भिजेर आएकी छु ।
</poem>