भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=सिमलको गीत / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
रङ्ग बदलेर
जब रङ्गहरूमै मिल्न आयौ तिमी
समय त्यही तिम्रो रङ्गमा
नयाँ चित्रजस्तै उभियो
कतै अशान्त
कतै संवेगान्त
युगको तस्वीर छ अनुहारमा
कतै नसमाऊँ कलम भनेजस्तो अनुहार
कतै नलिपूँ अक्षरहरू भनेजस्तो अनुहार
अनुहारहरू
खसेर आफैबाट
फेरि रगतको पोखरी भएको देख्छु
र, देख्छु, रक्ताम्मे उठेका ती हातहरू
एक कलमको बदलामा
हजारौँ कलमहरूको आह्वान
देख्छु,
उमा सिंह धर्तीहरू
हात उठाएर इशारा गरिरहेछन्
खिया लागेको ज्यावलजस्तो
म,
थन्क्याउन सक्दिन कलम
भत्कन सक्दिन
मानवताको अविचल पहाडबाट
जसरी तिमी भत्कियौ !
कुनै भविष्यले तिमीलाई
आफ्नो गर्भमा स्थान दिन लाज मान्नेछ
बाँझो फोर्न नसक्ने
गरा सम्याउन नसक्ने
विनाअर्थका ज्यावलहरू बोक्ने
ए निर्लज्ज मान्छे!
तिम्रो र मेरो हतियार फरक छ,
तिम्रो र मेरो विचार फरक छ,
तिम्रो र मेरो लक्ष्य फरक छ,
तिमी भाँचिदै जान चाहन्छौ,,,
मानिसका सपनाहरू
टुक्र्याउँछौ तिमी
म भने जोड्दैजोड्दै लैजान चाहन्छु।
</poem>
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=सिमलको गीत / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
रङ्ग बदलेर
जब रङ्गहरूमै मिल्न आयौ तिमी
समय त्यही तिम्रो रङ्गमा
नयाँ चित्रजस्तै उभियो
कतै अशान्त
कतै संवेगान्त
युगको तस्वीर छ अनुहारमा
कतै नसमाऊँ कलम भनेजस्तो अनुहार
कतै नलिपूँ अक्षरहरू भनेजस्तो अनुहार
अनुहारहरू
खसेर आफैबाट
फेरि रगतको पोखरी भएको देख्छु
र, देख्छु, रक्ताम्मे उठेका ती हातहरू
एक कलमको बदलामा
हजारौँ कलमहरूको आह्वान
देख्छु,
उमा सिंह धर्तीहरू
हात उठाएर इशारा गरिरहेछन्
खिया लागेको ज्यावलजस्तो
म,
थन्क्याउन सक्दिन कलम
भत्कन सक्दिन
मानवताको अविचल पहाडबाट
जसरी तिमी भत्कियौ !
कुनै भविष्यले तिमीलाई
आफ्नो गर्भमा स्थान दिन लाज मान्नेछ
बाँझो फोर्न नसक्ने
गरा सम्याउन नसक्ने
विनाअर्थका ज्यावलहरू बोक्ने
ए निर्लज्ज मान्छे!
तिम्रो र मेरो हतियार फरक छ,
तिम्रो र मेरो विचार फरक छ,
तिम्रो र मेरो लक्ष्य फरक छ,
तिमी भाँचिदै जान चाहन्छौ,,,
मानिसका सपनाहरू
टुक्र्याउँछौ तिमी
म भने जोड्दैजोड्दै लैजान चाहन्छु।
</poem>