भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मसँग
जुनसुकै बेला जहाँसुकैबाट हराउन सक्ने
एउटा जिन्दगी छ ।

एउटा सुक्ष्म क्षणको सानो स्पर्शले भत्किन सक्ने यो जिन्दगी,
बाटा माथिमाथि बहिरहेका आँखाहरूमा जुधेर
अस्तव्यस्त दौडिरहेका बेलगाम मनहरूमा अल्झिएर
वा कुनै धून, कुनै दृष्य वा कुनै अनुभूतिमा डुबेर
मैलै पत्तै नपाई मबाट हराउन सक्छ ।

यो जिन्दगी
शक्ति खोसेर बसेकाहरूको अहम्‌को ढिस्कामा ठोक्किएर
जताततै छरिइरहेका बेइमानीका खाल्डामा झरेर
भूगोलभरि बर्सिरहेको अपराधको झरीले चुटिएर
वा
कुनै गतिको नियन्त्रणबाट उछिट्टिएर
वा, हिँडदाहिँडदैका साथहरूबाट खुत्रुक्क खसेर
जुनसुकै बेला जहाँसुकैबाट हराउन सक्छ ।

जन्मिएदेखि मैसँग टाँसिइरहेको यो जिन्दगी
मैले आफैँले छाम्दाछाम्दै
आफ्नै छातीबाट पनि हराउन सक्छ
वा कसैले जतन गर्दागर्दै
उसकै पोल्टाभित्रैबाटै पनि हराउन सक्छ ।

मसँग
निरन्तर बगिरहेको समयको
कुनै पनि विन्दुमा आचानक हराउन सक्ने
जुनसुकै क्षण जहाँसुकैबाट बिलाउन सक्ने,
हरपल मृत्युमा चढेर बाँचिरहेको
एउटा जिन्दगी छ ।
</poem>
Mover, Reupload, Uploader
10,400
edits