भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
किन चाहन सकिनँ मैले
जे हुन सक्थें !
 
आफै बाच्ने सामर्थ्य दिन सकेनौ मलाई
के तिमीलाई मेरो विवेक-बुद्धिमा भर थिएन ?
वा, तिमी डराउँथ्यौ
मेरो गर्भको दायित्वले !
 
त्यसैले मलाई सदा संरक्षणमा राख्नु नै
उचित ठान्यौ तिमीले !
 
यसरी एउटा आश्रित जीवनको जग बसालेर
मेरो अस्तित्वको अपमान
र शरीरले मात्रै पूरा गरें
तिम्रा सबै आवश्यकता मैले ।
 
हे पति !
तिमीलाई कुनै विश्वासमा स्वीकारेकी थिएँ मैले
केवल स्वामित्व स्थापित गर्नुलाई
आफ्नो धर्म बनायौ तिमीले ।
 
तिमी मझैँ एउटा शरीर एक प्राण
लिङ्गभेदले मात्रै
सम्मान त मेरो पो हुनुपर्ने, हैन र ?
तर सके यही तिम्रो त्रासको कारण भयो ।
 
मलाई धरती बनाई
आफ्नो बीउ रोपेपछि
फल उब्जाउने स्वार्थले
कब्जाएर राख्यौ जीवनभरि तिमीले ।
 
यसरी मेरो धर्म र मर्यादा तोक्ने
मलाई मेरो अधिकार दिने
तिमी को हौ भन त ?
केवल एक सङ्कीर्ण र दुर्बल मनोवृत्तिका पुरुष !
 
गायत्रीदेखि कालरात्रिकी कालीलाई
देवी मानी पुज्दा
उभ्याउन सकेनौ कहिल्यै
आफ्नो मनमा सँगै तिमीले ।
 
तापनि जीवनभरि मैले
तिमीलाई सहेर
तिम्रो वंश चलाउने पुत्र पाउन सकिनँ
हुन त छोराको कामना मैले गरेकी पनि थिइनँ ।
 
पिताको संरक्षण
र पतिको नियन्त्रणपछि
छोरी ! मेरो अन्त:करणले मागेको थियो
छोरी नै भई आए मकहाँ तिमी ।
 
वंशहीन पहिचानविहीन म
सँगै बाँचेर तिमीसित
तिम्रो जीवन तोक्ने हक
मैले आफ्नो मानिनँ ।
 
जन्म दिएको दायित्व मेरो
तिमीलाई बाँच्न उभ्याउनुसम्मकै थियो ।
बाँच्न त बाँचेँ यो जीवन
सिङ्गै कतै नटुटी ।
 
कसैको दोष थिएन यसमा
मलाई त
मेरो युगले नै ठगेको थियो ।
</poem>
Mover, Reupload, Uploader
10,369
edits