भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=महेश मास्के |अनुवादक= |संग्रह=भोक...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=महेश मास्के
|अनुवादक=
|संग्रह=भोकका कैदीहरूसँग / महेश मास्के
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
अग्लो पहाडको टाकुरामा उभिएर
उसले भनेको थियो
हामी सल्ला झै दृढ र निडर हुनुपर्छ
उदाउँदै गर्न लागेको रातो सूर्य देखेर जोशिदै
उसले भनेको थियो
"क्रान्ति अवश्यम्भावी छ
हामीले यसको प्रकाश आत्मसात गर्नुपर्छ
र शीतल वायुमा बिस्तार विस्तार
हल्लिरहेका गुलाबहरू देखेर
उसले भनेको थियो
"काँडा मुटुभित्र गडाएर पनि
फूलको सुन्दरतामा हाँस्न जान्नु पर्छ
तर अन्त्यमा दिक्दार हुँदै टाउको हल्लाएर
उसले भनेको थियो
तिमीलाई भनेर के गर्नु
हामी त किसान मजदूरको बीचमा पो जानुपर्छ
धेरै वर्षपछि
हठात शहरको मूल सडकमा
उसंग भेट भयो
म खुशीले रातो भएको थिए
ऊ क्षोभले कालो भइसकेछ
त्यसैले मैले केही सोध्नुअधि नै
हतार हतार उसले भन्यो
सिद्धान्त भनेको व्यवहार हुँदैन रहेछ
आदर्श भनेको यथार्थ हुँदैन रहेछ
र एक पल्ट मात्रै पाउने यो मानव जीवन
उडन्ते ख्यालहरूमा मेटाउन हुँदैन रहेछ
यसको रस आस्वादन गर्नु पर्ने रहेछ
यसको आनन्द लिन जान्नु पर्ने रहेछ
उसका शब्दहरूका प्रहारले
मेरा आँखा बाफिएछन्, मेरो अगाडि ऊ विस्तार धमिलिदै गएछ
तर आफूलाई सम्हाल्दै मैले भनें
दाजु,
धेरै दिनदेखि म
तपाईलाई खोज्दै थिएँ
तपाईले भने झै
गाउँका झुप्रा र शहरका फेक्ट्रीहरूभित्र
अहिले "सल्ला" का विशाल जंगल सुसाउँदै छन्
तिनीहरूको नांगो आंग र चिसो छिडीभित्र पनि
रक्तिम सूर्यको न्यानो किरण प्रवेश गर्दैछ
संघर्षका काँडाहरूबीच पनि तिनीहरू
स्नेहका फूलहरू उमार्दैछन्
र एकजुट भएर हुँकार गर्दै
हातका सांग्ला र खुट्टाका बेडीहरू चुंडाल्दै छन्
यी सबै कुरा सुनाउन, यी सबै कुरा देखाउन
हाम्रा साथीहरूले निमन्त्रण पठाएका थिए
यसकारण कि अप्ठ्यारा वाटा, भीर र पहराहरूमा
तिनीहरूले तपाईका सम्झनाका गीत गाएका थिए……..
सर
तपाई 'व्यवहारिक' भइसक्नुभएछ
तपाईले "जीवनको बास्तविकता" बुझ्नु भएछ
केटोली अल्लारेपन र अपरिपक्व मनस्थितिबाट
आफूलाई मुक्त गराउनुभएछ
शायद तपाई आफूलाई त्यस्तै ठान्नु हुन्छ होला
तर तीतो सत्यलाई जबरजस्ती ओकल्दै म भन्छु
तपाई कुहिसवनु भएछ
कुनै बेलाको फलदायी वृक्ष
भित्र भित्रै मक्किए मैं
सल्लाहरूलाई नचिनिकर्न तपाईले
उनीहरूको प्रशस्ती गाउनुभएको रहेछ
फूलको मुस्कान, काँडाको घोचाइ र
रक्तिम सूर्यका किरणहरू
मात्र तपाई का रोमान्टिक दिमागका उपज रहेछन्
यथार्थका विम्ब होइन
अनि सिद्धान्त त किताब भइहाल्यो
व्यवहारसंग के वास्ता, हैन ?
त्यसैले महाशय
भेट गर्ने जति अभिलाषा बोकेर आएको थिएँ
तपाईबाट त्यति नै निराश र हतोत्साह भएर फर्कदैछु
तर यो निमन्त्रण छाडेर जाँदैछु
अवश्य पनि यसमा अधिको स्नेह र उत्साह छैन
आशा र विश्वास पनि छैन
छ सिर्फ एक चुनौति
तपाईले जीउने गरेको जीवन
र हामीले जीउने गरेको जीवन
आउनोस् दाजी, तपाईलाई
छ हाम्रो यो खुला निमन्त्रण !
०००
<small>८-५-०३५ दरभंगा</small>
<small>प्रकाशित "बेदना"०</small>
</poem>
{{KKRachna
|रचनाकार=महेश मास्के
|अनुवादक=
|संग्रह=भोकका कैदीहरूसँग / महेश मास्के
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
अग्लो पहाडको टाकुरामा उभिएर
उसले भनेको थियो
हामी सल्ला झै दृढ र निडर हुनुपर्छ
उदाउँदै गर्न लागेको रातो सूर्य देखेर जोशिदै
उसले भनेको थियो
"क्रान्ति अवश्यम्भावी छ
हामीले यसको प्रकाश आत्मसात गर्नुपर्छ
र शीतल वायुमा बिस्तार विस्तार
हल्लिरहेका गुलाबहरू देखेर
उसले भनेको थियो
"काँडा मुटुभित्र गडाएर पनि
फूलको सुन्दरतामा हाँस्न जान्नु पर्छ
तर अन्त्यमा दिक्दार हुँदै टाउको हल्लाएर
उसले भनेको थियो
तिमीलाई भनेर के गर्नु
हामी त किसान मजदूरको बीचमा पो जानुपर्छ
धेरै वर्षपछि
हठात शहरको मूल सडकमा
उसंग भेट भयो
म खुशीले रातो भएको थिए
ऊ क्षोभले कालो भइसकेछ
त्यसैले मैले केही सोध्नुअधि नै
हतार हतार उसले भन्यो
सिद्धान्त भनेको व्यवहार हुँदैन रहेछ
आदर्श भनेको यथार्थ हुँदैन रहेछ
र एक पल्ट मात्रै पाउने यो मानव जीवन
उडन्ते ख्यालहरूमा मेटाउन हुँदैन रहेछ
यसको रस आस्वादन गर्नु पर्ने रहेछ
यसको आनन्द लिन जान्नु पर्ने रहेछ
उसका शब्दहरूका प्रहारले
मेरा आँखा बाफिएछन्, मेरो अगाडि ऊ विस्तार धमिलिदै गएछ
तर आफूलाई सम्हाल्दै मैले भनें
दाजु,
धेरै दिनदेखि म
तपाईलाई खोज्दै थिएँ
तपाईले भने झै
गाउँका झुप्रा र शहरका फेक्ट्रीहरूभित्र
अहिले "सल्ला" का विशाल जंगल सुसाउँदै छन्
तिनीहरूको नांगो आंग र चिसो छिडीभित्र पनि
रक्तिम सूर्यको न्यानो किरण प्रवेश गर्दैछ
संघर्षका काँडाहरूबीच पनि तिनीहरू
स्नेहका फूलहरू उमार्दैछन्
र एकजुट भएर हुँकार गर्दै
हातका सांग्ला र खुट्टाका बेडीहरू चुंडाल्दै छन्
यी सबै कुरा सुनाउन, यी सबै कुरा देखाउन
हाम्रा साथीहरूले निमन्त्रण पठाएका थिए
यसकारण कि अप्ठ्यारा वाटा, भीर र पहराहरूमा
तिनीहरूले तपाईका सम्झनाका गीत गाएका थिए……..
सर
तपाई 'व्यवहारिक' भइसक्नुभएछ
तपाईले "जीवनको बास्तविकता" बुझ्नु भएछ
केटोली अल्लारेपन र अपरिपक्व मनस्थितिबाट
आफूलाई मुक्त गराउनुभएछ
शायद तपाई आफूलाई त्यस्तै ठान्नु हुन्छ होला
तर तीतो सत्यलाई जबरजस्ती ओकल्दै म भन्छु
तपाई कुहिसवनु भएछ
कुनै बेलाको फलदायी वृक्ष
भित्र भित्रै मक्किए मैं
सल्लाहरूलाई नचिनिकर्न तपाईले
उनीहरूको प्रशस्ती गाउनुभएको रहेछ
फूलको मुस्कान, काँडाको घोचाइ र
रक्तिम सूर्यका किरणहरू
मात्र तपाई का रोमान्टिक दिमागका उपज रहेछन्
यथार्थका विम्ब होइन
अनि सिद्धान्त त किताब भइहाल्यो
व्यवहारसंग के वास्ता, हैन ?
त्यसैले महाशय
भेट गर्ने जति अभिलाषा बोकेर आएको थिएँ
तपाईबाट त्यति नै निराश र हतोत्साह भएर फर्कदैछु
तर यो निमन्त्रण छाडेर जाँदैछु
अवश्य पनि यसमा अधिको स्नेह र उत्साह छैन
आशा र विश्वास पनि छैन
छ सिर्फ एक चुनौति
तपाईले जीउने गरेको जीवन
र हामीले जीउने गरेको जीवन
आउनोस् दाजी, तपाईलाई
छ हाम्रो यो खुला निमन्त्रण !
०००
<small>८-५-०३५ दरभंगा</small>
<small>प्रकाशित "बेदना"०</small>
</poem>