भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=महेश मास्के |अनुवादक= |संग्रह=भोक...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=महेश मास्के
|अनुवादक=
|संग्रह=भोकका कैदीहरूसँग / महेश मास्के
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
तिमी
तिम्रो जीजुबा र बाले
मुश्किलसाथ बचाएर
खन्दै गोड्दै र खाँदै आएको
तिम्रो एकमात्र सम्पत्ति
३ मुरी धान फल्ने जमीनको टुक्रा
तिमीले थाहा नपाएको ऋण
त्यसको व्याज, व्याजको स्याज
र स्याजको स्याजको
माकुरे जालोमा लटपटिएर छट्पटिएर
बिलाएको देख्न सक्छौ
तिमी
रगत र पसिनाको अर्थ थाहा नपाई
उपजाउ गरेको बाली
तिम्री स्वास्नीको हाट भर्ने इच्छा
तिम्री सानी छोरीको छनछुन बाजा
ठूलो छोराको पुस्तक
साहुले जवर्जस्ती मुठ्याएर लगेको
हेरिरहन सक्छौ ।
तिमी
बाफ्नो चाउरी परेको पेट
स्वास्नीको बटारिएको आन्द्रा
र भोकले छट्पटिएका छोराछोरीहरुका लागि
साहु महाजन
पण्डित बाजे, मुखिया बाजे
बडासाब, काजीसावका
ईलाका संघारहरू आफ्नो आँशुका भेलहरूले पोत्न सक्छौं
तिमी
आफूमाथि गरिएका प्रत्येक शोषण र अत्याचार
सहेर बस्न सक्छौं
किनकि
तिमीलाई तिम्रो संस्कारहरूले रोक्छ
शब्दहरू बुझ्ने भएदेखि नै
अन्नदाता भगवानका रूप हुन्
भगवानले जे गरे पनि ठीक गर्छन्
र यिनका मर्जी विरूद्ध
कुनै पनि काम गर्नु पाप हो भन्ने
कोची कोची सिकाएको शिक्षाले छोप्छ ।
तिमी किन बुझ्दैनौ ?
यी थोत्रा शिक्षा र संस्कारहरू
तिनं "ईश्वर व्यक्ति "हरूले
तिमीलाई सँधै आपनो
मुठी भित्र बन्द गरिराख्न बनाएका हुन् ।
तिनीहरूले गरेका प्रत्येक अत्याचार
तिमी र तिमी जस्तै
थुप्रै मानिसहरूले
ईश्वरइच्छा सम्झिउन्
र तिम्रो श्रम र पसिना
सँधै सँधै तिनीहरुको आराम र सुखका
साधन बनुन् भनेर बनाएका हुन् !!
तिमी,
आफ्नो वरिपरि राम्रोसंग हेर त
तिम्रै गाउँमा तिमी आफूलाई मात्रै
शोषणको पञ्जामा पिल्सिएको पाउने छैनौ
तिम्रा कैयौं दौतरीहरू
तिमी जस्तै गरी एक मुठी सास धान्न छट्पटिरहेको पाउनेछौं
तर विवशताको आँसु निल्दै
"पूर्वजन्मको पाप "को
प्रायश्चित गरिरहेको पाउनेछौ ।
तिम्रो गाउँको मात्रै होइन
नेपालको प्रत्येक गाउँको व्यथा यही छ
प्रत्येक गाउँका निचोरिएका गाउँलेहरू
आफ्नो “पूर्वजन्मको पाप”को प्रायश्चित गरिरहेका छन्
कति हाँस उठ्दो कुरा छ
एउटा आएर तिम्रो पूख्यौली जमिन खोस्छ
त्यो तिम्रो "पूर्वजन्मको पाप" हुन्छ ।
अर्को आएर तिम्रो झुप्रो सामान उठाएर लैजान्छ
त्यो पनि “पूर्वजन्मको पाप" हुन्छ !!
तेस्रो आएर तिमीले खान आटेको
गाँस खोसेर लैजान्छ
त्यो पनि “पूर्वजन्मको पाप' हुन्छ !!!
र यसरी सबै खोसेर छिनेर लगिसकेपछि
तिमी भोक लाग्दा खान पाउँदैनौं
वर्षा र हिउँदमा
ओत र न्यानो पाउँदैनौं
तिम्री स्वास्नी र छोरा छोरी विरामी हुँदा
तातो पानीसम्म पाउँदैनौ
तिमी फगत पाउँछौं
औषधि र भोकले छट्पटिएका विचराहरू
कसैका मृत्यु
र एक भारी अर्थहीन जिन्दगी
अनि त्यो त झन
तिम्रो ठूलो "पूर्वजन्मको पाप" हुन्छ !!!!
कहिलेसम्म ... ... ??
हो कहिलेसम्म
तिमी
यो अन्याय, अत्याचार र शोषणलाई
आपने पाप सम्झेर बसिरहन्छौ ?
तिमीले नबोल्दासम्म
यी व्यथाहरू तिम्रा छोरा छोरीलाई
अंश र दाइजो भएर जाने छन्
तिमीले नउठेसम्म
यो शोषणको क्रम अनन्तसम्म चली नै रहनेछ
भावी सन्ततीहरूले
तिमी जस्तै र अझ त्योभन्दा बढी
दुःख पाईनै रहनेछन्
त्यसैले
अब तिम्रो हात बाँधेर बस्ने बेला छैन
अत्याचारको खति मुनि
आक्रोशको डढेलो सल्कन पर्छ
चलाउनै पर्छ हलो
असमानताका खाल्डा र ढिस्काहरूमाथि
नयाँ समाजको बीउ छर्न
तिमीले कम्मर कस्नै पर्छ
मेरो देशको जीउँदो प्रतीक ।
संसारका थुप्रै देशहरूमा
मुक्तिको संघर्ष चर्किएको छ
संसारका थुप्रै देशका चुसिएका जनताले
सम्मानपूर्ण जीवन बाच्ने अधिकार
लडेर हाँसिल गरेका छन्
तिमी जस्तै मान्छेका अर्थ नभएका मान्छेहरू
बाँच्नुको भार बोकेर बाँचेकाहरू
ईश्वर र पापका जरा गहिर्याएर
जीवन कज्याउन अभिशप्त मानवहरू
स्वतन्त्रताको शंखनाद गरेका छन्
तिमी पनि त्यसरी नै
मुक्ति संग्नाममा विजयी बन्न सक्तैनौ
खुकुरीको तिखो धारले आफूलाई बेरेर राखेको
सांग्ला र बेडीहरू छिनाउन सक्तैनौ ?
०००
</poem>
{{KKRachna
|रचनाकार=महेश मास्के
|अनुवादक=
|संग्रह=भोकका कैदीहरूसँग / महेश मास्के
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
तिमी
तिम्रो जीजुबा र बाले
मुश्किलसाथ बचाएर
खन्दै गोड्दै र खाँदै आएको
तिम्रो एकमात्र सम्पत्ति
३ मुरी धान फल्ने जमीनको टुक्रा
तिमीले थाहा नपाएको ऋण
त्यसको व्याज, व्याजको स्याज
र स्याजको स्याजको
माकुरे जालोमा लटपटिएर छट्पटिएर
बिलाएको देख्न सक्छौ
तिमी
रगत र पसिनाको अर्थ थाहा नपाई
उपजाउ गरेको बाली
तिम्री स्वास्नीको हाट भर्ने इच्छा
तिम्री सानी छोरीको छनछुन बाजा
ठूलो छोराको पुस्तक
साहुले जवर्जस्ती मुठ्याएर लगेको
हेरिरहन सक्छौ ।
तिमी
बाफ्नो चाउरी परेको पेट
स्वास्नीको बटारिएको आन्द्रा
र भोकले छट्पटिएका छोराछोरीहरुका लागि
साहु महाजन
पण्डित बाजे, मुखिया बाजे
बडासाब, काजीसावका
ईलाका संघारहरू आफ्नो आँशुका भेलहरूले पोत्न सक्छौं
तिमी
आफूमाथि गरिएका प्रत्येक शोषण र अत्याचार
सहेर बस्न सक्छौं
किनकि
तिमीलाई तिम्रो संस्कारहरूले रोक्छ
शब्दहरू बुझ्ने भएदेखि नै
अन्नदाता भगवानका रूप हुन्
भगवानले जे गरे पनि ठीक गर्छन्
र यिनका मर्जी विरूद्ध
कुनै पनि काम गर्नु पाप हो भन्ने
कोची कोची सिकाएको शिक्षाले छोप्छ ।
तिमी किन बुझ्दैनौ ?
यी थोत्रा शिक्षा र संस्कारहरू
तिनं "ईश्वर व्यक्ति "हरूले
तिमीलाई सँधै आपनो
मुठी भित्र बन्द गरिराख्न बनाएका हुन् ।
तिनीहरूले गरेका प्रत्येक अत्याचार
तिमी र तिमी जस्तै
थुप्रै मानिसहरूले
ईश्वरइच्छा सम्झिउन्
र तिम्रो श्रम र पसिना
सँधै सँधै तिनीहरुको आराम र सुखका
साधन बनुन् भनेर बनाएका हुन् !!
तिमी,
आफ्नो वरिपरि राम्रोसंग हेर त
तिम्रै गाउँमा तिमी आफूलाई मात्रै
शोषणको पञ्जामा पिल्सिएको पाउने छैनौ
तिम्रा कैयौं दौतरीहरू
तिमी जस्तै गरी एक मुठी सास धान्न छट्पटिरहेको पाउनेछौं
तर विवशताको आँसु निल्दै
"पूर्वजन्मको पाप "को
प्रायश्चित गरिरहेको पाउनेछौ ।
तिम्रो गाउँको मात्रै होइन
नेपालको प्रत्येक गाउँको व्यथा यही छ
प्रत्येक गाउँका निचोरिएका गाउँलेहरू
आफ्नो “पूर्वजन्मको पाप”को प्रायश्चित गरिरहेका छन्
कति हाँस उठ्दो कुरा छ
एउटा आएर तिम्रो पूख्यौली जमिन खोस्छ
त्यो तिम्रो "पूर्वजन्मको पाप" हुन्छ ।
अर्को आएर तिम्रो झुप्रो सामान उठाएर लैजान्छ
त्यो पनि “पूर्वजन्मको पाप" हुन्छ !!
तेस्रो आएर तिमीले खान आटेको
गाँस खोसेर लैजान्छ
त्यो पनि “पूर्वजन्मको पाप' हुन्छ !!!
र यसरी सबै खोसेर छिनेर लगिसकेपछि
तिमी भोक लाग्दा खान पाउँदैनौं
वर्षा र हिउँदमा
ओत र न्यानो पाउँदैनौं
तिम्री स्वास्नी र छोरा छोरी विरामी हुँदा
तातो पानीसम्म पाउँदैनौ
तिमी फगत पाउँछौं
औषधि र भोकले छट्पटिएका विचराहरू
कसैका मृत्यु
र एक भारी अर्थहीन जिन्दगी
अनि त्यो त झन
तिम्रो ठूलो "पूर्वजन्मको पाप" हुन्छ !!!!
कहिलेसम्म ... ... ??
हो कहिलेसम्म
तिमी
यो अन्याय, अत्याचार र शोषणलाई
आपने पाप सम्झेर बसिरहन्छौ ?
तिमीले नबोल्दासम्म
यी व्यथाहरू तिम्रा छोरा छोरीलाई
अंश र दाइजो भएर जाने छन्
तिमीले नउठेसम्म
यो शोषणको क्रम अनन्तसम्म चली नै रहनेछ
भावी सन्ततीहरूले
तिमी जस्तै र अझ त्योभन्दा बढी
दुःख पाईनै रहनेछन्
त्यसैले
अब तिम्रो हात बाँधेर बस्ने बेला छैन
अत्याचारको खति मुनि
आक्रोशको डढेलो सल्कन पर्छ
चलाउनै पर्छ हलो
असमानताका खाल्डा र ढिस्काहरूमाथि
नयाँ समाजको बीउ छर्न
तिमीले कम्मर कस्नै पर्छ
मेरो देशको जीउँदो प्रतीक ।
संसारका थुप्रै देशहरूमा
मुक्तिको संघर्ष चर्किएको छ
संसारका थुप्रै देशका चुसिएका जनताले
सम्मानपूर्ण जीवन बाच्ने अधिकार
लडेर हाँसिल गरेका छन्
तिमी जस्तै मान्छेका अर्थ नभएका मान्छेहरू
बाँच्नुको भार बोकेर बाँचेकाहरू
ईश्वर र पापका जरा गहिर्याएर
जीवन कज्याउन अभिशप्त मानवहरू
स्वतन्त्रताको शंखनाद गरेका छन्
तिमी पनि त्यसरी नै
मुक्ति संग्नाममा विजयी बन्न सक्तैनौ
खुकुरीको तिखो धारले आफूलाई बेरेर राखेको
सांग्ला र बेडीहरू छिनाउन सक्तैनौ ?
०००
</poem>