भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=महेश मास्के |अनुवादक= |संग्रह=भोक...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=महेश मास्के
|अनुवादक=
|संग्रह=भोकका कैदीहरूसँग / महेश मास्के
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
साउती गरेर कायरहरूले
कुनै सुनसान जङ्गलमा तिम्रो हत्या गरे पछि
साक्षी भएर उभिएका
स्तब्ध रूखहरूका सुस्केरा बोकेर
हावा फिजायो तिम्रो मृत्युको खबर सुनाउन
-गाउँघर, पाखा पर्वतहरू
-तिमीले खेल्ने गरेका बगर, संघर्षका मैदानहरू ।
xxxxx
तिम्रो मृत्युको खबर सुनेर
रोएको छ फूल
शीतका थोपाहरूमा वेदना लुकाएर,
छातीभित्र गएको भूइँचालो सहन नसकी
रोएको छ हिमाल
हिउँका ढिक्काहरूसंगै आफैलाई पगालेर
मनको वह कतै पोख्न नसकी नदी
खोजी रहेछ बगरमा तिम्रा पाईला का डोबहरू
विश्वासै गर्न सकेका छैनन्
संघर्षले भिजेका मैदानहरूले
तिम्रो मृत्युको खबर
शहीद,
तर तिम्रो मृत्युको खबर सुनेर
रोएका छैनन् साथीहरू !
तिम्रो मृत्युको खबर सुनेर
मुटुको काँडा निक्लिएको खुशीमा
थाम्नै नसकी हर्षाश्रु
'रोएका' छन् कायरहरू
जीउदै तिमीलाई मार्ने अनेकौ षडयन्त्र गरिसकेपछि
गोहीको आँसु झार्दै
'रोएका' छन् तिम्रा 'मित्र'हरू
रक्सीको गिलासमा आफूलाई रित्याएर पनि
अपराध-बोधले डस्न नछोडे पछि
'रोएका' छन् ती
तिमीलाई मार्न जसको हातमा बन्दुक थमाईयो,
तर कमरेड !
तिम्रो मृत्युको खबर सुनेर
रोएका छैनन् साथीहरू !
आतङ्कका काला बादलहरू मुनि पनि
विहानीपखको सन्देश बोकेर बग्ने चिसो हावा रोएको छैन
रोएका छैनन् अँध्यारो हटाउने अठोट कसेका घामका किरणहरू
थाहा छ उनीहरूलाई
अर्थहीन जीवन र
उद्देश्य सर्पित मृत्युको फरक !
उनीहरू
तिम्रो मृत्युको पीडामा रातो हुञ्ज्याल तपिएर
चोटहरू झेलेर मन मष्तिस्क र शरीरभरि
धमाधम बदल्दैछन् आफैलाई
मजबुत धारिला हतियारहरूमा
प्रणहरू दोहोऱ्याउदै लक्षमा पुग्न
बोक्दैछन् तिमीले छोडेर गएका गह्रौ जीम्मेबारीहरू
र चुपचाप ठम्याउँदैछन्
तिनीहरूलाई जसको हिसाब कुनै दिन गर्नु पर्नेछ ।
xxxxx
प्रज्वलित छौ प्रवाहित छौ निरंतर नसा नसामा
तातो रगतको उष्मा बनेर
त्यसैले
तिम्रो मृत्युको खबर सुनेर
रोएका छैनन् साथीहरू !
०००
</poem>
{{KKRachna
|रचनाकार=महेश मास्के
|अनुवादक=
|संग्रह=भोकका कैदीहरूसँग / महेश मास्के
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
साउती गरेर कायरहरूले
कुनै सुनसान जङ्गलमा तिम्रो हत्या गरे पछि
साक्षी भएर उभिएका
स्तब्ध रूखहरूका सुस्केरा बोकेर
हावा फिजायो तिम्रो मृत्युको खबर सुनाउन
-गाउँघर, पाखा पर्वतहरू
-तिमीले खेल्ने गरेका बगर, संघर्षका मैदानहरू ।
xxxxx
तिम्रो मृत्युको खबर सुनेर
रोएको छ फूल
शीतका थोपाहरूमा वेदना लुकाएर,
छातीभित्र गएको भूइँचालो सहन नसकी
रोएको छ हिमाल
हिउँका ढिक्काहरूसंगै आफैलाई पगालेर
मनको वह कतै पोख्न नसकी नदी
खोजी रहेछ बगरमा तिम्रा पाईला का डोबहरू
विश्वासै गर्न सकेका छैनन्
संघर्षले भिजेका मैदानहरूले
तिम्रो मृत्युको खबर
शहीद,
तर तिम्रो मृत्युको खबर सुनेर
रोएका छैनन् साथीहरू !
तिम्रो मृत्युको खबर सुनेर
मुटुको काँडा निक्लिएको खुशीमा
थाम्नै नसकी हर्षाश्रु
'रोएका' छन् कायरहरू
जीउदै तिमीलाई मार्ने अनेकौ षडयन्त्र गरिसकेपछि
गोहीको आँसु झार्दै
'रोएका' छन् तिम्रा 'मित्र'हरू
रक्सीको गिलासमा आफूलाई रित्याएर पनि
अपराध-बोधले डस्न नछोडे पछि
'रोएका' छन् ती
तिमीलाई मार्न जसको हातमा बन्दुक थमाईयो,
तर कमरेड !
तिम्रो मृत्युको खबर सुनेर
रोएका छैनन् साथीहरू !
आतङ्कका काला बादलहरू मुनि पनि
विहानीपखको सन्देश बोकेर बग्ने चिसो हावा रोएको छैन
रोएका छैनन् अँध्यारो हटाउने अठोट कसेका घामका किरणहरू
थाहा छ उनीहरूलाई
अर्थहीन जीवन र
उद्देश्य सर्पित मृत्युको फरक !
उनीहरू
तिम्रो मृत्युको पीडामा रातो हुञ्ज्याल तपिएर
चोटहरू झेलेर मन मष्तिस्क र शरीरभरि
धमाधम बदल्दैछन् आफैलाई
मजबुत धारिला हतियारहरूमा
प्रणहरू दोहोऱ्याउदै लक्षमा पुग्न
बोक्दैछन् तिमीले छोडेर गएका गह्रौ जीम्मेबारीहरू
र चुपचाप ठम्याउँदैछन्
तिनीहरूलाई जसको हिसाब कुनै दिन गर्नु पर्नेछ ।
xxxxx
प्रज्वलित छौ प्रवाहित छौ निरंतर नसा नसामा
तातो रगतको उष्मा बनेर
त्यसैले
तिम्रो मृत्युको खबर सुनेर
रोएका छैनन् साथीहरू !
०००
</poem>