सहिद च्याङ्बा लामा र स्वप्नदंश / शकुन्तला जोशी
उसरी नै फुल्छन् फूल
र डुल्छन् चराहरु हाागाहाागामा
उसरी नै मार्छन् बतासले सुस्केरा
र गाउाछन् माहुरीले श्रमको गीत
जसरी तिमी छादा घुमिबस्थ्यो
यो घामको रीत
अविछिन्न बगिरहेकै छ
तिमीले नुहाएको नदी
अनन्त बजिरहेकै छ
तिमीले गाएको गीत
उसरी नै फर्फराइरहेछ
मूलसडक चोकमा
तिमीले गाडेको रातो झन्डा
झन्डालाई हिलो छ्याप्दै छुटिरहन्छ सवारी
उसरी नै हुकुम गरिरहेछन्– बडाहाकिमहरु
तिमी त भन्थ्यौ,
‘त्यो’ आएपछि भरिनेछन्
‘दास क्यापिटल’का पानाहरु चपाएर
नअघाएका रित्ता पेटहरु
ढाकिनेछन् नाङ्गा आङहरु
सेकिनेछन् ठिहीले कक्रिएका हातहरु
र फूलजस्तै हाास्ने छन् नानीहरु
तर तिमी गएपछि पनि
उसरी नै चलिरह्यो समयको रीत
फेरिइरह्यो ऋतु र झरिरहे कलिला पालुवा
फेरिइरहे सत्ताका तलुवा र तालुकदारहरु
किन फेरिएन तिम्रो बाबुको अनुहारबाट दु:खको कााचुली ?
किन पुरिएन तिम्रो घरसम्म पुग्ने गोरेटोको खाल्टो ?
भर्खरै आाधी आएर फर्किए जसरी
घर छाडेदेखि तिमीले पर्खिरहेछन् मान्छेहरु
आरू फूलेपछि– ‘ऊ आउनेछ एक दिन’
ल्याउनेछ प्रजातन्त्रको घुम
ओतिनेछन् सबैका भिजेका आङ
बल्नेछन् निभेका चुला फेरि
भरिनेछन् दोब्रिएका पेट
वर्षौं बित्यो
बदनामहरुको नाम बदलियो
सत्ताको तामझाम बदलियो
तर किन फेरिएन
सडकपेटीमा गुमनाम मर्नुअघि पनि
तिम्रो बाबुको दाम्रो परेको पेट ?
अनुत्तरित प्रश्नका दंशहरुले दपेटिएकी आमा
अक्सर, नानीहरुलाई भन्ने गर्छिन्
आरू फूलेपछि पक्कै आउन छ ऊ एक दिन... ।