भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँझको बेला / दिलिप योन्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


साँझको बेला लाग्यो नि मेला डबली बजारमा
पर्खिन्दी होली भिजाई आँखा मिलनको आसमा।

घमाइलो पाखा चरीले गाउदा छुदोहो यादैले
सुन्सान रातमा परेली भिजाई रुदिहुन
प्यासैले साँझको बेला बाडुली लाग्दा खोज्दिहुन
मलाई तिम्रै मायामा बाच्याछु पल-पल हृदय जलाई।

गुराँस फुल्दा उनेको माला सम्झन्छु झल्झली
जुनेली रातमा खाएको कसम छदैछ मनभरी
साँझको बेला अतितले पोल्दा मैरुन्छु
धरधरी झस्केर उठ्छु सपनी छुट्दा मैबाँचु कसरी।