भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साङ्लाहरू / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शताब्दीयौँदेखि
हेल्मरहरूले
घरलाई झ्यालखाना बनाए,
र नोरा-इच्छाको हत्या गर्दै
नोरालाई नै कैद गरिरहे ।
 
शताब्दीयौँदेखि
नोराहरूले
झ्यालखानालाई घर बनाए,

हेल्मरको नाममा
फूल रोपे,
सुवास भरे ।
 
समयको गतिमा
झन झन जमेर
कसिँदै गए
हेल्मर-मानसिकताका साङ्लाहरू,
र,
 सुरक्षाको नाममा
निरन्तर
जेलिइरहे, नोरा-फूलहहरू ।