ढिलो आएका यी बर्सात्लाई स्वीकार नगर।
बरू अलमल गरिदेऊ।
तिम्रा दु:खलाई मरूभूमिको विम्व बनाऊ।
यो सबै भनिसकेको हो भन्देऊ, र
पश्चिमतिर नहेर।
अस्वीकार गरिदेऊ, आत्मसमर्पण गर्न।
यस वर्ष पनि
लामो गर्मीभरि एक्लै बाँच्ने कोशिस गर।
सुक्दैगरेका तिम्रा आफ्नै रोटी खाऊ,
आँशुबाट निस्क,
र नसिक अनुभवबाट ।
आधा रातमा फर्किने गरेको
मेरो युवाकालको उदाहरण लेऊ।
पोहरको बर्सात्मा जेसुकै लेखिए पनि
केही फरकपर्ने छैन यसपाली।
तिम्रा अनुभूतिहरूलाई मेरै भावना ठान।
सबै थोक पहिलेझैँ हुनेछ -
अब्राहम फेरि अब्राम हुनेछ र
सराह फेरि हुनेछे सरई।
...................................................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।