भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अध्यात्म सन्देश ! / बद्रीप्रसाद बढू

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो सृष्टिको भव्यतामा रमाई
म ढुक्क हुन्थें रमिता जमाई
म जानको निम्ति यहाँ झरेको
थाहा मलाई पहिले थिएन //१//

म रामको नाम जपी रमाऊँ
म रामको नै महिमा सुनाऊँ
म रामगाथा कहिल्यै नबिर्सूं
र अन्त्यमा राम जपी निदाऊँ //२//

म राम नाम नजपी कसरी बसेछु !
अमूल्य जीवन थियो महिमा भुलेछु !
रहेन यौवन कठै !! पहिल्यै गएछ
बुझ्दैछु सत्य, तर राम अनादि रै’छ !!//३//