भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अबोला लेखनी र हामी अबला / मधुधारा अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:45, 13 अक्टूबर 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मधुधारा अधिकारी |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


ए लेखनी ! लौ तिम्रो हाम्रो, एक चाल छ कस्तो राम्रो ।
अरूका करका भरमा नाची, निशिदिन गछौं काम नसांची ।।
बिरलाकोटी जङ्गली छाडी सब छन् तिम्रै खेलबहाडी ।
उन्नति अवनति तिमी नै सारा सब जन गर्छन् भाग्य सहारा ।।
बुधजन दुर्जन सबका हाय, तिमी नै पर-वश गछर्द्यौ काज ।
संगत गर्दछ फलको काम, यसमा तिनै छैन बिराम ।।
कोही मखण्डी जन तिमीलाई दोष लगाई टांका छाटी ।
तिम्रो गर्छन् सत्यानाश, प्राफ्नै ढङ्ग नपुग्दा फाटी ।।
वर्जन दर्जन ढाकी सारा, क्रयविक्रयको लाग्छ बजार ।
तिम्रो मोल गरेको देखी, मन मन मन मेरो लाग्छ विचार ।।
भाग्य भए ता इलमी योग्य, हात परेमा उन्नति गछर्द्यौ ।
नत्र त दुर्जन मिल्ला साथी जिन्दगीभरको आखिर गछर्द्यौ।।
धुरुरु नरोऊ लेखनी, हेर हामी जनानाहरूको धेर ।
यस्तै चाल छ हाय ! कठोर शासनमा छन् सुखी छन् थोर ॥
तिम्रो दुइजिभ्रे कलमुखी फेरि, खोक्रो पेट थियो त्यो आज ।
अब तयो अधिको छैन' जमाना उन्नति हुनगो सबको नाना ।।
एकं जिभ्रो भरिलो पेट, रंगीचंगी मुखको ठाँट ।
देख्तछु जडको पनि उन्नति यो हाम्रो जीवन पो के कम हो !
पति हुन हाम्रा एक स्वदेश, सेवा केवल यिनकै बेश ।
गर्न खडा भै उन्नति थालौं, अधिको आसे बानी छुटाऔं !
अरूका भरका नकली पूरा कच्चा झिल्के पोते चुरा ।
धारा कांटा क्लिपमा सारा द्रव्य नफालो लाखौं चारा ! |
मामूली चोलो, पटुका, सारी पैह्री पतिको भाग्य सिंगारी ।
किन ती विदेशी चीज घरबारी,आखिर जाला राख विचारी॥
पढी बल विद्या शिल्प बढानौं, घर घर चर्खा-चक्र चलाओं।
परमुख ताकी नबनौं हेला बलियो पार्टी अबला चोला ॥