भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँशुको पहाड / अभय श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:47, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अभय श्रेष्ठ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

चुनौती दिँदै गर्जिरहेको बादललाई
कुनै पनि बेला विस्फोटित हुन तम्तयार
अपुर्व, असीम व्रि्रोह बोकेर
क्षितिजवरै उभिएका छन् आँसुका ज्वालामुखी पहाडहरू ।

जब मिचिए निर्ममतापुर्वक हत्केलामा
आँसु र पसिनाका सुन्दर/मुलायम फूलहरू
थिचिए मनभरि उकुसमुकुस निमुखाहरूको आवाज
बन्नथाले शूरवीर ग्लेडिएटरहरू
केबल जंगली मनोरञ्जनका साधन
पुछिए तिनका निधारबाट वीरताका टीकाहरू
जब लेखिए विवशताका निर्धा कागजमा जाली तमसुकर्
भर्न थाले धुर्त तहविलदारहरूले जाली अंकहरू
ठग्न थाल्यो जब प्रकृतिले पनि आँसुले सिंचित पहाडलाई
त्यसपछि सुरु भयो
आँसुहरूको अपर्व/असीम व्रि्रोह ।

फैलाएर चारैतिर
अपर्व /असह्य राप
क्षितिजवरै लामबद्ध भएर
उभिएका छन् आगोका सहस्र पहाडहरू
बुझनेहरू भन्छन्- ती आँसुको व्रि्रोहले रापिएका पहाड हुन् ।