भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँसु / रामहरि जोशी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:26, 16 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रामहरि जोशी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


नील नयनको सानो नभमा वर्षा केही बादल-सार
अन्तस्थलको सिन्धु भाप ली आए प्रतिपल जलका हार ।
ठक्कर खाई मर्मस्थलमा जीवन पग्ल्यो सलिल बनी
क्षण-क्षण बग्दै यो जाँदो छ सुख-दुःखका दुइ धार बनी ।
दृगको नील गगनमा चम्के स्मृतिका केही स्वर्णिम तार
बिर्सिसकेका चित्र मनोहर जोडिरहेछन् स्वप्निल हार ।
प्राण पग्लँदै आयो दृगमा खोल्न आफ्नो हृदयोद्गार
करुणा उम्ली आयो भलभल डूब्यो त्यसमा जग-संसार ।
जीवनभरिको तप्त अनलले पाकिसकेछन् दिल-फोका
बरबर दाना बन्दै खस्छन् खोल्दछ आफ्नो दिल-ढोका ।
अन्तर-रोदन मानस-नभमा घनघन गर्यो वारंवार
खोल्दै आफ्नो मुटुको गाँठो बोल्न थाल्यो हृत्-संसार ।
मूक वेदना मुटुको मीठो अश्रु-बिन्दुमा भर्दै प्यार
झरझर खस्दै वक्षस्थलमा बन्दछ प्रियको मुक्ताहार-
दुनियाँमा जति मैलहरू छन् : धूलो, माटो, कनिकासार
विश्व बगाई लैजानेछ मेरो दृगको अश्रु-धार ।
झंकृत हुन द्यौ उत्पीडनले दीप्त प्रेमको मसिनो तार
गीत लेख्दछु अच-मसीले भर्छ त्यसैमा व्यथा अपार ।
शून्य-शून्यझै लाग्दछ जीवन शून्य-शून्य यी नीलाकाश
शून्य पग्लँदै आयो झरझर भर्दै मनमा अश्रु-मिठास ।
त्यस्तो मुटु के जागृत जसमा भएन कहिले मीठो पीर ?
त्यस्तो दृग के जसमा छैन ढलपल कहिले निर्मल नीर ?
जलन स्वाभाविक यस जीवनको पल-पल जल्दछ यो संसार
जलि-जलिकनै त अश्रु बन्दछ, नजली कसले पायो प्यार ?