भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"आज / साहिर लुधियानवी / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=साहिर लुधियानवी |अनुवादक=सुमन पो...' के साथ नया पृष्ठ बनाया)
 
छो
 
पंक्ति 84: पंक्ति 84:
 
तपाईँहरूका लागि
 
तपाईँहरूका लागि
 
आयैपिच्छे नयाँनयाँ गीत ल्याइरहने छु।
 
आयैपिच्छे नयाँनयाँ गीत ल्याइरहने छु।
 +
...................................................................
 +
 +
'''[[आज / साहिर लुधियानवी|इस कविता का मूल हिंदी/उर्दू पढ़ने के लिए यहाँ क्लिक करें]]'''
  
 
</poem>
 
</poem>

14:46, 27 नवम्बर 2020 के समय का अवतरण

साथीहरू, मैले वर्षौँ
तपाईँका लागि
जून, तारा र बसन्तका सपना बुनिरहेँ।
 
सौन्दर्य र प्रेमका गीत गाइरहेँ
रहरहरूको महल सिँगारिरहेँ
म तपाईँहरूको गाइने
आयैपिच्छे तपाईँका लागि
नयाँ गीत लिएर आइरहेँ।
 
तर आज
फाटेको मेरो अस्मितामा
हिँडेका बाटाको धूलोबाहेक केही छैन मसँग,
मेरा सारङ्गीका छातीमा गीतहरूका घाँटी ङ्‌याकिएका छन्
गुनासाहरू क्रन्दनको थुप्राभित्र पुरिएका छन्‌
र गीतका धूनहरू बाडुली भएर अड्किएका छन्‌।

गाइने हुँ म तपाईँहरूको, गीत हुइनँ।
ध्वस्त पारिदिनु भयो तपाईँहरूले
गीत सिर्जना गर्ने मेरा सामानहरू,
र म आफ्नो भाँचिएका सरदाम लिएर
हेरिरहेछु चिसा लासका थुप्राहरूलाई।
 
मेरा वरिपरि मृत्युको भय नाचिरहेछ
र मानिसको पशुत्व ब्यूँझिएको छ।
आफ्ना अपवित्र मुखले
रगत चुस्दै हुँकार गरिरहेछन्‌
रक्तपिपाशु बर्बर राक्षसहरू।
 
सास रोकेर आमाका काखमा लुकेका छन्‌ केटाकेटीहरू
नाङ्गोशिर ओतविहीन छटपटाइरहेछ अस्मिता,
चारैतिर सुनिन्छ केवल रुवाबासीको स्वर,
र म यस प्रलयको आँधीमा
आगोमा डुबेको रक्तरञ्जित अशान्तिमा
शिर निहुर्‍याएका महलहरू बोकेर
भत्किएका घरहरूको डङ्गुरले पुरिएका बाटामा
आफ्ना गीतको झोली फिँजाउँदै
ढोकाढोका चहारिरहेको छु।
 
मलाई शान्ति र संस्कारको भिक्षा दिनुस्‌
मेरा गीतका धून, मेरो स्वर, मेरो बाँसुरी
मेरा आहत ओठलाई फर्काइदिनुस्‌।
साथीहरू मैले वर्षौँ तपाईँहरूका लागि
क्रान्ति र विद्रोहका गीत फलाकेँ
पराई शासनको अत्याचारको छायामा
निदाएका बलिदानी भावनालाई ब्यूँझाएँ
र यस देशको आत्मा स्वतन्त्र हुने
यस बिहानको प्रतिक्षा गरेँ।
 
आज चुँडिइसकेको छ पराधिनताको साङ्ली
र यस मुलुकका आँगन, छाना र ढोकाहरू
मुक्त छन्‌ पराईको क्रुरताको अपवित्र छायाबाट।
खेतहरू सुन फलाउनलाई उद्धत छन्,
बारीहरू लहलह भएर खेल्न व्याकूल छन्,
पहाड छातीमा जोश लिएर उभिइरहेछ,
ढुङ्गा र इँटहरू लालयित छन्‌
तिनका आँखामा चलमलाइरहेछ निर्माणको सपना
तिनका सपनालाई पूर्ण गराइदिनुस्‌।
 
देशका पाखापखेरा, बेँसीहरू, खेतहरू
नारीहरू, बच्चीहरू
कुशलताको प्रतिक्षामा छन्‌
उनीहरूलाई शान्ति र संस्कार प्रदान गरिदिनुस्‌
आमाहरूलाई उनका ओठका खुसीहरू
केटाकेटीलाई तिनका अगाडिका सौन्दर्य
र देशको आत्मालाई जिन्दगी प्रदान गरिदिनुस्‌
मलाई मेरो सामर्थ्य, मेरो धून प्रदान गरिदिनुस्‌।

आज मागिरहेछ सम्पूर्ण परिवेश
र म यस माग्दै गरेको परिवेशमा
आफ्ना गीतको झोली फिँजाएर
घरघर हिँडिरहेकोछु।
 
मलाई फेरि मेरो हराएको धून दिनुहोस्‌
म तपाईँहरूको गाइने
तपाईँहरूका लागि
आयैपिच्छे नयाँनयाँ गीत ल्याइरहने छु।
...................................................................

इस कविता का मूल हिंदी/उर्दू पढ़ने के लिए यहाँ क्लिक करें