भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उपहार प्रेम दिवसको / वसन्त चौधरी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:23, 10 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=वसन्त चौधरी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


तिम्रो दिन मेरो दिन
अनि
प्रेमको गुलाबी उत्सवमा रमाउने
प्रेमीहरूको
गुलाबी दिन !

दिँदैछु तिमीलाई
उपहार
कल्पनाका सफा पन्नामा
कलात्मक चित्र भर्दै
भावनालाई शब्दमाथि
बिछाएर
प्रीतमाथि सजाएर
स्वीकार !

मेरो हृदयको बगैंचामा फक्रेको
सुन्दर गुलाब
तिमीलाई
मैले बनाएको कल्पनाको
भव्य सहर
तिमीलाई
तिम्रो आगमनको बाटो ढुक्दै गर्ने
मेरो नयन
तिमीलाई
मेरो श्वासको ओहोरदोहोरमा बग्ने
मीठो सुवास
तिमीलाई !

निलो पछ्यौरीमा
ताराको बुट्टाले भरेको
चमचमाउने सुन्दर घुम्ती
मैले देखेको सपनाको आधार
मेरो विगत, वर्तमान र भविष्य
तीनवटै यामको बहार
माया नै मायाको गाउँ
तिमीलाई !

गीतैगीतको रमझम
मेरो हृदयको स्पन्दनमा चल्ने
सुरताल
ऋतुहरूका राम्रा राम्रा स्वभाव
इंद्रेणीको रंगीन हार
तिमीलाई
सपना, कल्पना, विपना
मेरो सम्पूर्ण सम्पूर्ण
तिमीलाई
प्रेम दिवसको अवसरमा
म बसन्त स्वयं
तिमीलाई !!