भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उसलाई विष खुवाएर मारेका होइनौं / विमल गुरुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:43, 26 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


उ मर्‍यो त
आफैलै आफैलाई मार्‍यो
ऊ मसानघाट पुग्यो त
आफैले आफैलाई पुर्‍यायो
मरुञ्जेल मुसा खान थालेपछि
मुसाले पनि टोक्न सक्छन्
टोक्यो ।

उसलाई हामीले विष खुवाएर मारेका होइनौं
किनकि
ऊ मर्‍यो त
आफैले आफैलाई मार्‍यो ।

पालेर राखेका
सर्पहरुलाई दुध नपिलाएपछि
आफ्नै सर्पले पनि डस्न सक्छन्
डस्यो
ऊ मर्‍यो त
आफैले आफैलाई विष कुवाएर मार्‍यो
त्यसैले,
उसलाई हामीले विष खुवाएर मारेका होइनौं !
उसलाई हामीले विष खुवाएर मारेका होइनौं !
ऊ मर्‍यो त
आफ्नै डण्डाले मर्‍यो
ऊ मर्‍यो त
आफ्नै बन्दुकले मर्‍यो
ऊ मर्‍यो त
आफ्नै निषेधित गोलीले मर्‍यो
ऊ मर्‍यो त
आफ्नै मेसिनगनले भुटिएर मर्‍यो
ऊ बिचल्ली पर्‍यो त
आफ्नै पापले मर्‍यो

उसलाई हामीले विष खुवाएर मारेका होइनौं
हामीसंग छन्, थुप्रै प्रामाणहरु !
हामीसंग छन् उसका यथेष्ट कर्तुतहरु !!
ऊ अचानक मर्‍यो त
आफैंले आफैंलाई विष खुवाएर मार्‍यो ।