भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक्कासि डरलाग्दो चित्कार आयो / वियोगी बुढाथोकी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक्कासि डरलाग्दो चित्कार आयो
उद्धार गर्दा पनि धिक्कार आयो ।

मानौँ विश्वास पराजित भएछ
हित गर्न खोज्दा दुत्कार आयो ।

पाइलैपिच्छे दुश्मन भेटिन्छन्
सद्भावमा पनि चमत्कार आयो ।

घरको अभाव छल्न भट्टी पसेँ
गिलासमा उन्कै अनुहार आयो ।

नमातिई घर पुग्दिन अचेल
मातलाई अँगाल्ने व्यवहार आयो ।