भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक रात मान्छेदेखि मान्छे हराई / जीतेन्द्र बरदेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक रात मान्छेदेखि मान्छे हराई कालो रातमा प्रेतात्माझैँ
सिम्सिमे पानीमा भिज्ने बिचरा त्यो को होला
कुकुर भुक्ने स्याल रुने सम्सानको बाटोमा

एउटा मान्छे जवानीमै बहुला हुने को होला ?
उसले आफ्नो दुनियाँ उसले आफ्नो खुसीहरू
कसलाई अर्पिदिएछ कि कसले खोसिदिएछ कि !
एक्लै रुने एक्लै हाँस्ने कसको बरदान त्यो होला ?
एक रात ……..

भोक तिर्खा लाग्न सम्म उसले बिर्सिसकेको छ
को आफ्नो को अर्को उसले आफैलाई बिर्सेको छ
खोक्रो जीवन चेत भइसक्यो प्राण केमा अल्झेको छ ?
एक रात ………