भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एैँठनमा जिन्दगी / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:21, 25 सितम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= रमेश क्षितिज |अनुवादक= |संग्रह= आ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कहाँनेर गल्ती थियो मैले जीउने संसारमा
लुके सबै जूनघाम हिँड्दै छु म अँध्यारोमा

समयले मलाई यस्तो कुन मोडमा ल्यायो
छैन बाटो फर्कू भने हिडूँ भीर आयो
कोही छैन बिन्ती सुन्ने वारिपारि पखेरो छ
ऐँठनमा जिन्दगी छ बाटो पनि अप्ठेरो छ

झुक्याउँछ भाग्य पनि मलाई घात गर्छ
जहाँ बास पाउँदिन त्यहीँ रात पर्छ
रित्तिनुछ धेरैधेरै अझै मैले एक्लिनु छ
भित्र कहीँ आगो बोकी दिनदिनै सल्किनु छ