भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"कल्पना / बालकृष्ण सम" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= बालकृष्ण सम |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार= बालकृष्ण सम
 
|रचनाकार= बालकृष्ण सम
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=
+
|संग्रह=हिमालचुली / सम्पादित पुस्तक
 
}}
 
}}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}

23:16, 13 फ़रवरी 2022 के समय का अवतरण


साट्न पाइए कस्तो हुन्थ्यो सपनासित बिपना,
विपनासित सपना !

बजार लाग्दथ्यो पृथ्वीको एक कुनाबाट अर्कोसम्मन्
सुखी बन्दथे धनका भरियादेखिन् हर नङ्गासम्मन्
मत्त अजीर्ण रोगीदेखिन् भोका जीर्ण रोगीसम्मन्
विद्वान् असन्तोषीदेखिन् मूर्ख सन्तोषीसम्मन् ।
भर्न पाइए कस्तो हुन्थ्यो बिपनाका विष फालेर
त्यो घडा सपनामा लाग्ने अमृतधारा थापेर ।
साट्न पाइए कस्तो हुन्थ्यो सपनासित बिपना,
बिपनासित सपना !

बिपनाका यी अबोला मतिमा सपनाको बोल्ने शक्ति
आवेश हुन्थे, कल्पनाको नाम रहन्थ्यो सद्भक्ति
बिपनाका साहसले मेट्थे सपनाका धक कातरपन
निराशावादी विपनाका सब आशावादी बन्थे झन् ।
सपनाका अमरत्वकलासित मरण साटी विपनाका
भेट्न पाइए कस्तो हुन्थ्यो मानिस स्मतिका पानाका !
साट्न पाइए कस्तो हुन्थ्यो सपनासित बिपना,
बिपनासित सपना !

सुदिन बटुल्दै दुर्दिन साट्दै सपनाका अनि बिपनाका
विपनाको यो भूमिमाथि स्वर्ग बसाली सपनाका
सपनाका सब शान्तिहरूसित विपनाका संग्राम
विपनाका सब शान्तिहरूसित सपनाका संग्राम
साट्न पाइए बस्ने मन अनि भइरहँदो हो संसारमा
नत्र नथाक्ला सार खोज्दै को यस्तो निस्सार संसारमा
औँला भाँच्तै मृत्यु गनी गनी दाह्रीले बरखी बार्दै !
बाँचिरहने इच्छा लेला को नातिको लाश हेर्दै !
 
लथालिङ्ग छ संसार, थान्को लाउन कत्ति भियाइएन
जाने दिन भने वर वर आयो, व्यर्थ नबोली सकिएन—
साटन पाइए कस्तो हन्थ्यो सपनासित बिपना,
बिपनासित सपना !

शारदा, १३।३, आषाढ २००४