भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कोल्टो फेर्दैछ कि क्या हो देशले आजभोलि नै ? / विधान आचार्य

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भेला धर्ना कतै, भेला अटोग्राफ र स्वाङको
ज्ञान छैन कि क्या हो त्यो कुर्सिमुन्तिर भ्वाङको ?
उम्लेका सैकडौँ लाखौँ अप्रायोजित हुन् सबै
तमासेसित दाँजेर अनुमान नहोस् कवै ।

बाह्रवर्ष नसुध्रेकाहरूमा पनि चेत त्यो
आएमा देशले फेरि नयाँ मार्ग लिने थियो
बूढापाकाहरू धर्ना आन्दोलनतिरै रहून्
सत्ताको चालमा अर्कै नयाँ सोचहरू बसून् ।

बन्दूकेहरूले जङ्गल छोडी सहरमा पसून्
आपसी मतमा आई मिल्ने वार्ता सबै गरून्
सबैका कुर्सिका फेद बम बारुदपूर्ण छ
राजा, संसदपक्षी वा व्रmान्तिकारीहरू बुझ ।

धेरै मानिसको बोली रोक्ने बूट र गोलीका
मटियामेट पारेका गाथा छन् इतिहासका
अर्को अध्याय थप्नेमा लागेको हो कि काल नै
कोल्टो फेर्दैछ कि क्या हो देशले आजभोलि नै ?