भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"गगन पथबाट / गोपाल सिँह नेपाली / कुमार घिसिङ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल सिंह नेपाली|गोपाल सिँह ने...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार=[[गोपाल सिंह नेपाली|गोपाल सिँह नेपाली]]
 
|रचनाकार=[[गोपाल सिंह नेपाली|गोपाल सिँह नेपाली]]
 
|अनुवादक=कुमार घिसिङ
 
|अनुवादक=कुमार घिसिङ
|संग्रह=पन्छी
+
|संग्रह=चरी
 
}}
 
}}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}

23:00, 1 अगस्त 2020 का अवतरण

(४६)
हाँस्तै आउँथे, हँसाई जान्थे जीवनका घड़ीहरू।
छुटिरहेथे ‘पल्लववन’ मा मस्तीका कुन झड़ीहरू।।
दुई कण्ठहरूबाट निक्लिरहेथे मधुर प्रणयका कड़ीहरू।
खिल्यो हासमा सुमन, अश्रुमा खेलिरहेथे मणिहरू।।

(४७)
जगमा जीवनमा, यौवनमा यो अवसर आउँदछ।
पलकमा नै आफ्नो रित्तो प्याला मधुले भर्दछ।।
जब लाटो पनि आफ्नो गीत विहँस – विहँस गाउँछ।
हृदय – हृदयले, प्राण – प्राणले लाग्दछ चिर नाता छ।

(४८)
एक दिवस वनराजाले भने – “हिँड़ प्रिये! त्यस घरमा।
ङिँड़ हाम्रो घर पनि हेर, कस्तो छ तरुवरमा।।
कस्तो युगल मराल – मराली खेल्दछन् निर्मल सरमा।
उनीहरू जस्ता को होलान् सुखी, काननमा जगभरमा।।”

(४९)
खुले चराका अति कोमल पखेटाहरू शीतल मंद पवनमा।
उड़े नीड़बाट दुवै चरी माथि नील गगनमा।।
बोले पिक आफ्नो मनको सारा प्रणय लिई नयनमा।
“जानु छ त्यस पार, थकान त लाग्दैन तनमा।।

(५०)
“म पनि त तरुणी, यस्तो तिमी किन विचार्छौ।
“हेर ती गुँड़हरूबाट सुगाहरू हामीलाई हेरिरहेछन्।।
“हो – हो, चुच्चोले गुँड़हरू सजाइरहेछन्।
भर्खर – भर्खर उठेर आफ्ना घरहरू बढारिरहेछन्।।”

(५१)
“हेर त हे प्रियो, तल कति निर्मल जल छ।
आज हामी सँगसँगे बग्नलाई त्यो पनि चंचल छ।।
जलमा, थलमा, नभ – मण्डलमा भन; कहाँ मंगल छ।
जहाँ प्रेमको अघि आफ्नो शीश झुकाउने बल छ।।”

(५२)
“हेर प्रिये! नदीको तटमा, त्यहाँ के के हुँदछ।
अझ अलिक उज्ज्वल हुनुलाई बकुलाले प्वाँख धुँधछ।।
हाँस पौड़न्छ, घरि घरि जलमा गोता लाउँदछ।
यताउति लहरहरू हल्लिरहन्छन्, सुगाहरूले जल पिइरहेछ।।

(५३)
“संगमका त्यस पार देखिने हेर, वन कदलीको।
यहाँ हेर, यो हरियो बल वन, त्यो नारंगीको।।
तिमीलाई कुन फल मीठो लाग्दछ, कुन फल फिको।
“म के भनूँ, मलाई लाग्दछ मीठो त्यही तिम्रो जीउको।।

(५४)
हेर प्रिये, कुसुम वन मेरो, हेर त्यो आइरहेछ।
यस नन्दनवनभरिमा जुन अति सुन्दर छ।।
यही नै एक उपवन जगमा मेरो मन रमाउँदछ।
“किन मन, नरमाउनु, त्यससित तिम्रो चिर नाता छ।।

(५५)
“हेर प्रिये, हाम्रो वन, यो निरम्ल जलको स्रोत छ।
विहँसिरहेछ, कुसुम डालमा हरा – भरा तरुवर छ।।
“तर प्रियतम, भँवराहरूको यति यहाँ भन, किन घर छन्।
“जान्दैनौ तिमी, जहाँ सुमनहरू हुन्छन्, त्यहाँ – त्यहाँ भँवराहरू हुन्छन्।।