भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गर्मी - १ / अबीर खालिङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:31, 1 सितम्बर 2023 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अबीर खालिङ |अनुवादक= |संग्रह= }} {{KKCatNep...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

       आगोको साइरन बजाएर
         ऊ
         हाम्रो सहरमा पसेको छ
         ‘लु’को बुट बजार्दै-
         गरेको छ आनन्दको चीरहरण ।

         रिक्सावालको खोकिलामा च्यापिएर
         घुमिहिँडेको छ सहरमा ।
         ज्यामीको निधारमा/
         भरियाको थाप्लोमा
         टलक्क टल्केको छ उसको हाँसो
         सडकको छात्तिमा सल्केको छ उसको सास।

         वातानुकूलित कोठाबाट फुत्त बाहिर निस्केर
         किन अठ्याँको श्रमिकको निर्वल निस्सहाय प्राण ।
         किन चुसेको खेतमा सपना रोप्ने किसानको
         शरीरको पानी ।
         सडकको पेटीमा गिटी कुट्ने मजदुरको
         किन चाख्न खोजेको खुन।

        ‘वान्टेड’ आतङ्ककारी भएर
        पसेको छ ऊ हाम्रो ठाऊँमा
        अपहरण गरेको छ
        हाम्रो जाँगर/ जोस र शान्ति ।