भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चुमेर पानाभरि / गोपाल योञ्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:33, 18 सितम्बर 2023 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

चुमेर पानाभरी यति म लेखिदिन्छु
प्रीतिका बातहरू जाने जति लेखिदिन्छु

रातभरी-भरी एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरू सबै म लेखिदिन्छु
निष्प्राण कागजका टुक्रा हेरी नमस्किदिनु
नलेख्न पर्ने पनि शायद म लेखिदिन्छु

वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखिदिन्छु
एकछिनको निम्ति तिमीलाई उदाङ्ग देखिदिन्छु
शायद रिसाइदिन्छ्यौ, हुनसक्छ च्यातिदिन्छ्यौ
म त मनपरेकोलाई यस्तै नै लेखिदिन्छु