भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चैत र बाँदरहरू / हिरा आकाश

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:48, 3 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हिरा आकाश |अनुवादक= |संग्रह=आगोका...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बिहान के भएको थियो ?
चैते बाँदरहरू उत्पात मच्चाउन थाली हाले
पौवा पाटि मन्दिर सडक जङ्गलतिर
बिहान के भएको थियो ?
चैते बाँदरहरू उत्पात मच्चाउन थाली हाले ।

कतै बुढाबुढीको प्रसाद खोसेर
कतै बालबालिकाहरूको गाला चड्काएर
यताबाट उता उफ्रिन्दै
बिहान के भएको थियो ?
चैते बाँदरहरू उत्पात मच्चाउन थाली हाले।

उता शहर शहर आक्रान्त छ
बाँदरहरूको चकचकदेखि
उता एक जमात अन्धाहरू
मस्तसँग हात्तीलाई छामीरहेका छन्
कोहि हात्तीलाई भित्ता भनी रहेका छन्
कोहि खाँबा ठानि रहेका छन् हात्तीलाई
र,
कोहि नाङ्लो र डोरी सम्झिरहेका छन् हात्तीलाई
म बुझ्दिनँ किन यिनीहरू भ्रम पालिरहेका छन्
र,
भ्रम फिजाइ रहेका छन्
किन कि हात्ती भित्ता जस्तो हुँदैन
खाँबा जस्तो हुदैन
हात्ती नाङ्लो र डोरी जस्तो हुँदैन
हात्ती त चारखुट्टे जनवार हो
वास्तवमा हात्ती ती अन्धा जस्तो पनि हुँदैन
बिहान के भएको थियो
चैते बाँदरहरू उत्पात मच्चाउन थाले ?