भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जे मनले चाहिरहेछ / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:27, 5 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मनले चाहिरहेछ
कोशिस गरिरहेछ
यस्तो निक्लीयोस उपाय
मनपनि रहोस, धनपनि माग्नु नपरोस
आङ्खनो चित्त बुझोस अनि कसैको नदुखोस
जीवन जीउन संयमता
अनि गहिरो नदी तैरिन सक्ने साहस मिलोस
स्पृहारहित बन्ने शक्ति मिलोस
इन्द्रियहरुमा आङ्खनै दमनको जादु चलोस ।

कदाचित,
यी परिकल्पना पुरा हुन
अनि मनपनि जिन्दगीमा
आफैंसँग खुव रमाओस
कुनै कुण्ठा, कुनै असन्तुष्टी
यतातिरबाट नगुज्रोस
आकांक्षाको खहरेले नडुवाओस
न जित्नु परोस, न हार्नु
केवल, मिलोस विजयको आनन्द ।

नसुनियोस कुनै कोलाहल
कुनै सुगन्घको निम्ति नलोभिने
नासिका भइदिओस्
यी इन्द्रिय स्पर्शहीन हुन्
भावनात्मक आरोह अवरोहको गीतप्रति
सारा इन्द्रिय सुशान्त स्थीर वनेर
उन्मादलाई पुरै भुलेर
आत्मानन्दमा रमाइ रहेछन्
चरम सुखको शिखर चुमिरहेछन्
का भावहरु तरङ्गित हुन् ।

हो, यही स्वर्गको प्राप्तिहोस
यहि त मनले चाहिरहेछ
कोशिश गरिरहेछ
यस्तो निक्लियोस उपाय
मनपनि रहोस, धनपनि माग्नु नपरोस
आङ्खनो चित्त बुझोस अनि
कसैको नदुखोस
अन्ततोगत्वा,
त्यही भइरहेछ
जे मनले चाहिरहेछ ।