भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तरकारी पकाइरहेकी मेरी आमा / विमल गुरुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:30, 27 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


च्वाईं ... च्वाईं ...
आमा तपाई तरकारी पकाइरहनु भएको छ
यता मेरो मन दुखिरहेछ
तपाईलाई सताउन मन लाग्छ
तपाई रिसाएको हेर्न आनन्द लाग्छ
तपाई भन्नु हुन्छ
म तपाईंसंग कहिल्यै तपाइलाई सन्तोष दिने कुर गर्दिन
ज्ञानी कुराहरु गर्दिन
तर,
म तपाईसंग ज्ञानी कुरा गरेर
आफूलाई आँखामा ज्ञानी देखाउन चाहंदिन
तपाईप्रति मेरो अगाध स्नेह छ आमा !
तर,
म तपाइलाई यो बाहिर देखाउन चाहँदिन
मेरो आँखामा बालककालका ति दिनहरु आउँछन्
मेरो आँखाहरु अनायसै रसाउँछन्
तपाई हाम्रा लागि दुख बिर्सिनुहुन्छ
आफू अलिकति खाएर हामीलाई पेतभरी खुवाउनुहुन्छ
तपाई भन्नुहुन्छ
गिट्टी कुटेर भएपनि म तिमेरलाई पढाउँछु
यति महान हुनुहुन्छ तपाई
हाम्रो दुखमा तपाई आँखाभरि आँशु ओछ्याउनुहुन्छ
हाम्रो सुखमा तपाई अपार आनन्द महसुस गर्नुहुन्छ
गरिबको कष्टमा तपाई गम्भिर बन्नुहुन्छ
तपाईलाई दंग्याउन पाउँदा मलाई आनन्द लाग्छ आमा !
आखिर आमा हो
यतिखेर मेरो लागि छुट्टै खाना पकाउन लाउँदा
तपाई नक्कली रिसाउँद खुसी लागिरहेछ
च्वाईं ।।। च्वाईँ
आमा ! तपाई तरकारी पकाइरहनु भएको छ
खै, के भएर हो
यतातिर मेरो मन तपाइको मायाले
एक तमासले दुखिरहेछ ।