भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"धुस्वाँ साय्‌मी / परिचय" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKRachnakaarParichay |रचनाकार=धुस्वाँ साय्‌मी }} '''धुस्वाँ साय्...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 25: पंक्ति 25:
 
अन्ततः नेपाली साहित्यमा त्यस कालखण्डको एउटा सवल हस्तीका रुपमा चिरकालसम्म अक्षय रहने नाउँ भयो- धुस्वाँ साय्‌मी । अर्कातिर नेपाली भाषासाहित्य, नेवारी भाषासाहित्य र हिन्दी भाषासाहित्यका बीचका महत्वपूर्णसेतुका रूपमा उल्लेखनीय, उदाहरणीय र चिरस्मरणीय व्यक्तित्वको नाउँ नै धुस्वाँ साय्‌मी हुन गयो ।
 
अन्ततः नेपाली साहित्यमा त्यस कालखण्डको एउटा सवल हस्तीका रुपमा चिरकालसम्म अक्षय रहने नाउँ भयो- धुस्वाँ साय्‌मी । अर्कातिर नेपाली भाषासाहित्य, नेवारी भाषासाहित्य र हिन्दी भाषासाहित्यका बीचका महत्वपूर्णसेतुका रूपमा उल्लेखनीय, उदाहरणीय र चिरस्मरणीय व्यक्तित्वको नाउँ नै धुस्वाँ साय्‌मी हुन गयो ।
  
'''स्रोतः [http://www.nai.com.np/contents.php?id=317  नई प्रकाशन - धुस्वाँ साय्‌मी ]'''  २१ मंसिर २०१८
+
'''स्रोतः [http://www.nai.com.np/contents.php?id=317  नई प्रकाशन - धुस्वाँ साय्‌मी ]'''  २१ नोभेम्वर २०१८

14:20, 22 नवम्बर 2018 के समय का अवतरण

धुस्वाँ साय्‌मी परिचय

धुस्वाँ साय्‌मी नेपाली परिवेशमा एउटा स्वाभिमानका प्रतीकको नाउँ मानिन्छ । उनी प्रष्ट विचारका धनी थिए । सकरात्मक सोच उनको जीवनको नैर्सर्गिक विशेषता थियो । उनी जातभात, लिङ्ग, धनसम्पति र ओहोदाभन्दा असल मान्छेलाई मन पराउँथे । त्यसैले उनीमा केटाकेटीलाई पनि साथी बनाउँने खुवी, युवायुवतीसँग पनि मित्रता राख्ने हैसियत र प्रौढसँग पनि आत्मीयता जोड्ने कला थियो ।

साय्‌मीको जन्म नारायणबहादुर मानन्धर र दानमाया मानन्धरका सुपुत्रका रुपमा १९८७ साल जेठ १० गते काठमाडौंमा भएको थियो । अनि यिनको वास्तविक नाउँ गोविन्दबहादुर मानन्धर हो । उनी सानैदेखि मन, वचन र कर्मका धनी मानिन्थे । साय्‌मीको विवाह वसुन्धरादेवीसँग भएको थियो । यी दम्पतिले चार छोरा र एक छोरी जन्माए । यिनीहरुका सन्तानमध्ये दीपक मानन्धर नेपालको र्सार्वजनिक संस्थानअर्न्तर्गतको प्रशासनको सुनाउँ बन्यो । उनकी पत्नी सरिता मानन्धर पनि नेपालकी ब्यूटिसियनमा चर्चित भइन् । प्रा.डा. प्रकाश साय्‌मी पनि नेपालको चिकित्सा क्षेत्रमा त्यतिकै प्रशस्तीको नाउँ बन्यो । उनकी पत्नी डा.गीता साय्‌मी पनि त्रिवि, शिक्षण अस्पतालमै प्याथोलजी विभागकी प्रमुख भइन् । नेपालका प्रख्यात मुटु विशेषज्ञ प्रा.डा.अरुण साय्‌मी चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन भए । अनि उनकी पत्नी जमूना साय्‌मी त्रिवि शिक्षण अस्पतालकी मेट्रोन छिन् । साथै अनिल मानन्धर पनि डब्लुडब्लुएफको कन्ट्री डाइरेक्टर बने । त्यसै गरी धुस्वाँकी एउटै छोरी मीला साय्‌मीले पनि र्सार्वजनिक प्रशासन पढिन् र आफ्नो कार्यमा उच्च स्थान राखेकी छिन् । त्यति मात्र होइन धुस्वाँका मावलीदेखि भान्जाभान्जीसम्म प्रायः सबै नामी भएका छन् । त्यसो त नेपालको मानन्धर समुदायमा धुस्वाँ साय्‌मीको सम्पूर्ण परिवारले गरेको उल्लेखनीय प्रगति उदाहरणीय समेत मानिन्छ । यस अर्थमा समाजशास्त्रीय मान्यतामा यस परिवारले गरेको अभूतपूर्व शैक्षिक प्रगति अनुसन्धानको विषय समेत बनेको चर्चा गरिन्छ । अझ खासगरेर चिकित्सा क्षेत्रमा चाहीं साय्‌मी वंशको प्रखर सहभागिता नै देखिन्छ ।

साय्‌मीले त्रिभुवन विश्वविद्यालयमा झन्नै चौतीस वर्षप्राध्यापन गरे । उनी चार वर्षभारतमा नेपालको साँस्कृतिक सहचारी भएर काम गरे । अनि उनी चारै वर्ष नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य रहे । काम गर्दै जाँदा समाजका विविध ठाँउमा उनको पहिचान पनि त्यस्तै रहृयो र नेपाली समाजमा उनको नाउँले जरा हाल्यो ।

उत्साह, जोश र उमङ्ग साय्‌मीका मिल्ने साथीभाइ थिए । त्यसैले यिनको उत्साहले सधैँ शिखर टेकिरहृयो । वास्तवमा उनी जतिजति माथी जान्थे त्यतित्यति नम्रताले शिर झुकाउँदै निहुरिन पनि जान्दथे । उनी सादा थिए तर रसिला थिए । उनी प्रायः नहाँसी कुरा गर्दैन थिए । वास्तवमा नै उनी सकरात्मक विवेकका लखपति थिए ।

साय्‌मीले नेपालकीहरुसँग मात्र घाँटी जोडेनन् । उनले भारतीय प्रसिद्ध साहित्यकार अमृता प्रीतमदेखि कमला साङ्कृत्यायनसम्म नै जीवनको साइनो गाँसे । साथै अमृता प्रीतमले पनि यिनको सधैं जयजयकार गरिरहिन् । वास्तवमा अमृता प्रीतमले त यिनलाई सारै मन पनि पराएकी थिइन् । उनले 'अदालत' नामक आफ्नो उपन्यासमा धुस्वाँ साय्‌मीलाई नै पात्र बनाइन् । हिन्दी भाषासाहित्यको प्रख्यात उपन्यास 'अदालत' धुस्वाँको जीवनको नै सेरोफेरोमा लेखिएको थियो ।

साय्‌मीले नेपाली भाषा साहित्यको एउटा अमरप्राज्ञका रुपमा पनि आफूलाई पूर्ण गराए । उनी खाँट्टी नेपाली मात्र थिएनन् । वास्तवमा उनीभित्र नेपालै नेपाल मात्र थियो । उनी एउटा मौलिकताले भरिएका स्रष्टा थिए र स्रष्टा पनि कस्ता थिए भने केही भाषा यिनको पेवा झैँ मानिन्थ्यो । नेपाली भाषाका सिद्धहस्त भएर पनि नेवारी भाषासाहित्यका पनि उनी गणेश नै थिए । उनले अङ्ग्रेजी भाषासाहित्यमा पनि आफूलाई उभ्याए भने हिन्दी भाषासाहित्यमा पनि आफ्नो नाउँ राखे ।

साय्‌मीले बीस हजार जति कविता लेखे । उनले केही कथा लेखे, अनेकौं निबन्ध लेखे र नाटक पनि लेखे । उनले नेपालभाषा, नेपालीभाषा, हिन्दीभाषा र अङ्ग्रेजीभाषा गरेर झन्नै तीन दर्जनजति किताव लेखे । उनको नेपाल भाषामा लेखिएको गङ्की नामक उपन्यास धेरै नै चर्चित भयो । यस उपन्यासको आठ भाषामा अनुवाद भयो । त्यही उपन्यासको नाउँ जोडेर उनले आफ्नी दिवङ्त पत्नीको नाउँ राखेर 'गङ्की वसुन्धरा प्रतिष्ठान'को स्थापना गरे । वास्तवमा उनकी वसुन्धरा अति असल, सरल र सौम्य थिइन् । उनैले धुस्वाँ साय्‌मीलाई नेपालको प्रसिद्ध नागरिक वनाउने पार्श्व भूमिका खेलिन् । तर उनले आफ्नी परीलाई आफू बाँचुन्जेल आफ्नो अँगालोमा बाँध्न सकेनन् । उनकी प्रिय दिवङ्गत भएपछि करिब दुइ दशकसम्म उनी एकल बने ।

साय्‌मीका हातमा मसीरुपि सीप थियो, उनको साथमा सृजना रुपि सीप थियो र उनका बाटोमा साथीसङ्गीनी रुपि सीप पनि थियो । त्यसैले उनी भौतिक रूपमा कहिले पनि एक्ला देखिएनन् । उनी भित्रभित्रै रोए पनि बाहिरबाहिर हाँस्न सक्थे । उनीभरि उनका सीपहरू पनि बटारिरहन्थे । यतिहुँदाहुँदै पनि उनी २०६४ साल पुस २ गते काठमाडौमा स्वर्गीय भए ।

नेपाली उखानमा बाँच्ताका जन्ती र मर्दाका मलामी भनेझैँ साय्‌मी बाँचुन्जेल धेरैका हाईहाई भए । साहित्य लेखेर उनी चारैतिरबाट पुरस्कृत, सम्मानीत र अभिनन्दित भए । खास गरेर नेपालका थुप्रै प्राज्ञिक संस्थाहरूले एकै स्वरमा उनको जय पनि मनाए । अन्ततः नेपाली साहित्यमा त्यस कालखण्डको एउटा सवल हस्तीका रुपमा चिरकालसम्म अक्षय रहने नाउँ भयो- धुस्वाँ साय्‌मी । अर्कातिर नेपाली भाषासाहित्य, नेवारी भाषासाहित्य र हिन्दी भाषासाहित्यका बीचका महत्वपूर्णसेतुका रूपमा उल्लेखनीय, उदाहरणीय र चिरस्मरणीय व्यक्तित्वको नाउँ नै धुस्वाँ साय्‌मी हुन गयो ।

स्रोतः नई प्रकाशन - धुस्वाँ साय्‌मी २१ नोभेम्वर २०१८