भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
नयाँ नयाँ घामको किरण / नोर्देन रुम्बा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:14, 4 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नोर्देन रुम्बा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)
नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
नयाँ अब जिन्दगीको मिठो सुरुवात यो
बुटा बुटा चिया बारी आङ्गन यो अजम्बरी
फुलेका ति पसिना मोती दाना वरी परी
एकातिर तिता मिठो हाँसी हाँसी पिएको
नयाँ नयाँ घाम को…..
बादलको देश माथी नाची हिंड्ने परी रानी
मेरो घर आए पुग्छ सुनकेशरी मेरी रानी
सानो खुशी सुहाएको जीवन यो रमाइलो
नयाँ नयाँ घाम को…..
मेरो घर संसार यो सानो एक लाहाना
स्वर्ग हो यो सन्तोकैको ठुलो छैन सपना यो
चाहे जस्तो खोजे जस्तो मैले अब बाँचेको
नयाँ नयाँ घाम को…..