भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नेत्तिफुङ्को बास्ना. / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:42, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बैंसको डाँडामा उक्लेर
तार सप्तकको पन्चम सुरमा
कुर्लिपठाएछु अनायासै - ‘हुई पक्कन्दी..!’

पाखा-पखेराभरि पालामको प्रतिध्वनि गुन्जिरहेथ्यो
नेत्तिफुङ्को बास्ना बोकी हावा सिरिरी डुलिरहेको
अनि त त्यै हावाबीचबाट
उकाली चढ्ने गोरेटोको कुइनेटोनेर
तिमी देखियौ
केशमा रातो नेत्तिफुङ् सिउरेको

अनि..
अनि त मैले
मेरो छातीको देब्रे पाटोभित्रबाट
टलक्क टल्किने युप्पारुङ् निकालेर
तिम्रो मजेत्रोको एक कुनामा बाँधिदिएँ।
युप्पारुङ् के बाँधें र !
मैले त आफैलाई बाँधें नि !

त्यसपछि
सेक्मुरी फूल रोप्दै स्याहार्दै धेरै लामो बाटो हिँडिसक्यौं..
तर हेर न, मिम्जिमा,
नेत्तिफुङ्को बास्ना अझ उस्तै छ नि यो सासमा !



१. नेत्तिफुङ् – बैंसको अथवा यौवनको फूल।
२. पक्क्न्दी – डाँडाबाट उच्च स्वरमा उल्लास तथा आनन्द व्यक्त गर्ने कुर्लाइ।
३. पालाम – लिम्बु जातिको एक विशेष किसिमको माधुर्यपूर्ण गीत, विशेष धाननाचमा गाइने।
४. युप्पारूङ् – लिम्बु जातिमा प्रेमिकालाई प्रेमको निशानीको रूपमा दिइने चाँदीको दुइबिटे रुपियाँको ढक्का जो प्रेमिकाको मजेत्रोको एक छेउमा प्रेमीले बाँधिदिन्छ।
५. सेक्मुरी – मुन्धुम अनुसार जीवनवोधी फूल; जीवनको प्रतीक।
६. मिम्जिमा – मायालु।