भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"नेपाली कहाँ गयो हाम्रो गीत / धर्मराज थापा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=धर्मराज थापा |अनुवादक= |संग्रह=हि...' के साथ नया पृष्ठ बनाया)
 
 
(कोई अंतर नहीं)

09:32, 13 फ़रवरी 2022 के समय का अवतरण

नेपाली कहाँ गयो हाम्रो गीत यसै हरायो ।
पहरा नै थर्काउने हाम्रो मीठो गान
विश्व-दिल फर्काउने हाम्रो ठूलो शान
नमिल्काऊ धूलामाथि नेपालका राजा !
दिलसंग दिल जोरी अघि लागौं बाबा !
              हामीलाई कर्महारा कल्ले बनायो !

छायामनि सुसेलीमा नगाएको हैन
दर्द पोखी सारंगीमा नरोएको हैन
मागी खान कल्ले पार्‍यो यो नेपालीलाई
नेपाल नै मेरो भन्छ पाखाकोले आई
              अनारकली आयो भन्दै ढ्वाङ करायो
              हाम्रो गीत यसै हरायो ।

दुइ बार जर्मनसित नलडेको हैन
सतलज र काँगडा नलिएको हैन
संसारको अग्लो घूरी नचढेको हैन
हरुवा भै यो नेपाली फर्किएको छैन
              जति बुझ्यो उति किन आज डरायो।

डेढकोटि आशा-फूल यसमा झुम्नुपर्छ
डेढकोटि भैगो सानो छाती फुल्नुपर्छ
नेपालीको नौलो बोलीको यो नौलो भाषा
मन्दिर नै बन्यो भने होला देश खासा
गुहार माग्‌दै पिल्सिएको प्राण करायो
हाम्रो गीत यसै हरायो ।


.............................
राष्ट्रिय भावना-बाट, २०११