भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परालको त्यान्द्रो / केदारमान व्यथित

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:59, 10 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=केदारमान व्यथित |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


गौंथलीले खसालेको म हूँ त्यान्द्रो परालको,
परन्तु नटुवा हूँ म असीमित अकासको !
हुरीको नै इशारामा जीवनबाट नाचको
प्वाँख फुकी अकासिन्छ झर्ना झर्दछ गीतको !
म सीमित छु, यो गीत हुनुपर्छ असीमित
देख्दछु जड पर्यन्त जताततै उमंगित !
यसै कारण हावाको आशालाई म मान्दिन
वसन्त, ग्रीष्म औ वर्षा साथै यो रात यो दिन !
देखेकोछु म जस्ताकै नाच देखी खुशी भई,
स्वर्गले तल छर्केको सुु्स्वादिलो सुधा पिई,
त्यसैको धारमा पौडी म जस्ता तिनका पनि
पसेको छ डुवेकाको निम्ति आश्रय नै बनी !
म पनि नाच्छु पीयूष नसर्सुञ्‍जेल हुरी संगै,
चराले पनि माग्नेछ अनि आश्रय नै संगै !

('पद्य संग्रह' बाट )