भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

परिचय / सिद्धिचरण श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु
तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार,
मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार।

शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव
दीक्ष यै हो परहित गरूँ अाखिरी श्वाससम्म
ज्वाला दन्कोस् दनदन जहाँ मृत्यु अाई फुकेको
अत्याचारी यदि छ त कहिँ माथ नै ताक्छु त्यस्को।

ड्याङ्ड्याङ् डुङ्ड्ङ् गरि प्रलयका मेघ बाजा बजाई
कालो-नीलो गगनभरको दैत्य अाकार ल्याई
राकून् बाटा रिपुहरु मिली केही सङ्काच मात्र
अात्मा मेरो अमर छ बुझ्यौ अस्त कैले म हुन्नँ।

गोली लागी पटपट फुटास् देहको अङ्ग-अङ्ग
छाला टाँगी वदन सब होस् मासुको मात्र पुञ्ज
बाटो होअोस् भतभत उसै पोलिने बालुवाको
देशद्रोही यदि छ त कहिँ माथ नै ताक्छु त्यस्को।

कालो गङ्ग तिमिर बहने पीप या मूत्र विष्टा
घेरोस् चारैतिर तर पनी खुब मानी सुबिस्ता
पौडी खेल्दै सहज रिपुको देशमा बोल्छु धावा
नेपाली हूँ कठिन भमरी फोर्नलाई चनाखा।

हाँसी हाँसी विपुल दुःखको गर्तमा फाल हाली
कालै अाअोस् त पनि खुसीको हर्षगाना सुनाई
बढ्नेछु के डर मरणको एकबाजी सबैले
मर्नै पर्ने बुझ प्रकृतिको ऐन हो देह फेर्ने।