भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पलायन / साहिर लुधियानवी / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:49, 27 नवम्बर 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आफ्नो अतितका कल्पना सम्झेर दिक्क छु म
विगतका मेरा दिनहरूसँग घृणा छ मलाई
आफ्ना असफल रहरहरू प्रति लज्जित छु म
आफ्ना अबोध ईच्छाहरू सम्झिँदा लाज लाग्छ मलाई।
 
मेरो अतितलाई अँध्यारामा भासिइरहन देऊ
मेरो विगत मेरो बेइजतीको पोको मात्र हो
मेरा रहरहरूको प्राप्ति, मेरा चाहनाको फल
अनाम दु:खहरूको एउटा थैलो मात्र हो।
 
कति बिघ्न निष्फल रहरहरूको आड लिएर
सिँगारेको रहेछु कसैका लागि घर मैले,
कतिबिघ्न अधुरा ईच्छाहरूका अदृष्य खाका
कोरेको रहेँछु कसैका लागि आफ्ना सपनामा मैले।

अब नसोध मसँग मेरो प्रेमको नदेखिएको कथा
भन्न देऊ मलाई, मैले उनलाई मनपराएकै थिइनँ भनेर,
ती सुन्दर आँखाहरू जसले मलाई चटक्कै बिर्सिदिए
मैले ती सुन्दर आँखाको प्रशंसा गरेकै थिइनँ भनेर।
 
भन्न देऊ मलाई, बाँच्न सक्छु अझै पनि म
प्रेम असफल होला, जिन्दगी असफल भएको छैन
उनलाई भित्र्याउने इच्छा, उनलाई पाउने रहर
इच्छा गर्नु ब्यर्थ थियो होला, तर हुनैपर्छ भन्ने थिएन।
 
त्यस्तै केश, त्यस्तै आँखा, त्यस्तै ओठ, त्यस्तै शरीर
मैले चाहेमा अरू पनि भेटिन सक्छन्‌
ती कमल जसलाई उनका लागि फुलाउनु थियो
उनका नजरबाट टाढा अन्तै पनि फुल्न सक्छन्‌।
...................................................................

इस कविता का मूल हिंदी/उर्दू पढ़ने के लिए यहाँ क्लिक करें