भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पाब्लो नेरूदा / परिचय

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:15, 20 अगस्त 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पाब्लो नेरूदा - परिचय

हिंदी में

नेफताली रीकर्डो रेइस या पाबलो नेरुदा का जन्म पाराल, चीले, अर्जेन्टीना में 1904 में हुआ था| वे एक्षिण अमरीका भूखंड के सबसे प्रसिद्ध कवि हैं। इन्हें वर्ष 1971 में नोबेल पुरस्कार मिला था। इन्हें नोबेल पुरस्कार दिया गया "ऐसी कविता के लिए जो अपने भीतर समाहित मूलभूल बल के द्वारा एक महाद्वीप के भाग्य और सपनों को जीवंत करती है"।

पाबलो नेरुदा ने, अपने जीवन मे कई यात्राएँ की - रुस, चीन, पूर्वी यूरोप की यात्रा के बाद उनका वर्ष 1973 में निधन हो गया था।

उनका कविता के लिये कहना था कि, "एक कवि को भाइचारे और एकाकीपन के बीच एवं भावुकता और कर्मठता के बीच, व अपने आप से लगाव और समूचे विश्व से सौहार्द व कुदरत के उद्घघाटनो के मध्य सँतुलित रह कर रचना करना जरूरी होता है और वही कविता होती है।"

..........................................

नेपालीमा

पाब्लो नेरुदाको जन्म १२ जुलाई सन् १९०४ मा दक्षिणी चिलीमा भएको थियो।उनको वास्तविक नाम रिकार्डो एलिसेर नेफ्ताली रेयस बासोल्टा थियो।जन्मिएको एक हप्तामै उनी मातृविहीन भए।सानै उमेरदेखि कविता लेख्न शुरु गरेका रिकार्डोलाई उनका बाबु र परिवारले कविताकर्म गर्न हतोत्साही गर्ने गरेकाले उनले पाब्लो नेरुदाको नामले लेख्न थालेका थिए।

सन् १९२३ मा नेरुदाले आफ्नो पहिलो पुस्तक 'स्रेपुस्युलारो' (गोधुली उज्यालो) प्रकाशन गर्नका लागि आफ्नो नाममा भएको सम्पूर्ण सम्पत्ति बेचे।अर्को वर्ष उनले आफ्नो दोस्रो पुस्तक 'भेन्ते पोएमा दे आमोर इ उना कान्सिअन देसेस्पेरादा' (बीस प्रेम कविता र उदाशीको एउटा गीत) का लागि प्रकाशक भेट्टाए।त्यस पुस्तकको चर्चाबाट उत्साहित भएर उनले कविता लेख्नका लागि भनेर आफ्नो पढाइ नै छोडिदिए।

कविहरूलाई कुटनीतिक ओहदा प्रदान गरेर सम्मान गर्ने दक्षिण अमेरिकी परम्परा स्वीकार गर्दै सन्‌ १९२७ मा नेरुदा परराष्ट्र सेवामा प्रवेश गरे र विभिन्न देशमा रही काम गरेर सन् १९३८ मा चिली फर्किए।सन् १९३९ मा मेक्सिकोका लागि कन्सुलर भएर सन् १९४३ मा फर्किएपछि उनी सिनेटमा निर्वाचित भए र कम्यूनिस्ट पार्टीसँग आबद्ध भए।

नेरुदाले कवितासङ्ग्रहहरू 'पोएसिया पोलिटिका' (राजनैतिक कविता), 'लास पिएद्रास दे चिले' (चिलीका चट्टानहरू) लगायत अन्य सैँतीस वटा पुस्तकहरू आफ्नो जीवनकालमै प्रकाशित गराए।'हार्दिन देल इन्भ्येर्नो' (हिउँदको बगैँचा) लगायत सात वटा पुस्तकहरू उनको मृत्युपश्चात् प्रकाशित भए।

सन्‌ १९३० मा प्रेमिका होसेइ ब्लिससँगको सम्बन्ध चुडिँएपछि नेरुदाले स्पेनिस बोल्न नजान्ने डच युवती मारिया एन्तोनिएता हा'हेनायसँग विवाह गरे।सन्‌ १९३६ मा सो विवाह विच्छेद भएपछि अर्जेन्टेनियाली चित्रकार देसिया देल क्यारिलसँग सात वर्ष सँगसँगै बसेर सन्‌ १९४३ मा विवाह गरे र सन्‌ १९५५ मा अलग्गिए।त्यसपछि साथ दिइरहेकी चिलीकी गायिका मातिल्दे उरुतिआसँग नेरुदाले सन्‌ १९६६ मा विवाह गरे।

पाब्लो नेरुदाले सन्‌ १९७१ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरे।उनको २३ सेप्टेम्बर सन्‌ १९७३ मा क्यान्सरका कारण चिलीको सान्तिएगोमा देहान्त भयो।