भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पूर्बी यूरोप / विमल गुरुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:02, 27 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बिश्राम लिएको छ चक्काले
जुन बयल गाडीको हो ।

कसैले नसोचोस्
समुद्रभित्र डुबेको छ
संधैको निम्ति बत्ती ।

बत्ती आफैंमा प्रज्वलित हुन्छ
प्रज्वलित छ
प्रकाश प्रदान बत्तीको कर्म ।

पूर्बी यूरोप सुतेको छ
मरेको छैन
अन्याय भइरहेछ मुर्छित मानबमाथि
किनभने
दाहसंस्कारको तयारी
हतारहतार ।

नयाँ मोड लिइरहेछ मोटरले
किनभने
गलत थियो दिशा ।

मोटरले नयाँ मोड लिएको छ
आत्तिएको छ अमेरिकी तानाशाह फेरि
एउटा मान्छे फेरि कचेट तिखार्दैछ
जुन काम लाग्नेछ फेरि शुरु गरिने मुक्ति संग्राममा
जसको निशाना हो चम्बलको घाँटी
र त्यो जंजीर
जसले बेरेको छ बिश्व ।