भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रश्न / ओकिउयामा ग्वाइन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जीवन बहँदै जान्छ
ज-गत्‌को प्रखर प्रवाहमा,-
मिसिएर सागरसँग, वाष्पमा चढेर
उड्छ असार आषाढ-रौद्र-किरण
तथाकथित अज्ञेयको ज्ञान-गोचर
जीवनविहीन अ-जीवनमा

तिनी भन्छन्-
रै'छ त्यहाँ स्‍निग्ध शीतलता
दधि-दुग्ध-मधुका उत्स प्रचुर
रै'छन् जताततै,
अनि, उर्वशी मेनका रमणाकुल-रम्भा,
देखेका छैनन् कसैले-
मात्र कल्पना,

तर, जीवन त्यहाँ, जीवन होइन;
मांसल शरीरविना,
उपायविहीन गर्छ कि त्यसले
मक्षसम्मुख
वुभुक्षाविना ।

हो भने त्यो यदि- ज्ञान
-जीवन उत्स
जीवनधारा बगेर आए किन यहाँ
-अज्ञान भएर !
यो कुरो सबै जान्दछन्
जानी पनि किन
कसको प्रतारणामा
यस्तो महामिथ्या
रै'छन् सहेर ।