भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फूलको आवाज / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:39, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


फूलको आवाज
चराको आवाज
मान्छेको आवाज
ओ नायिका ! तिमी आवाजसित प्रेम गर

रातो–रातो धर्तीको आवाज
नीलो–नीलो आकाशको आवाज
तिम्रो साथ नपाएर चुपचाप छन् आवाजहरू
तिम्रो चुम्वन नपाएर आहत छन् आवाजहरू
ओ नायिका ! तिमी आवाजसित प्रेम गर

धमिलो–धमिलो झुप्रोको आवाज
गहिरो–गहिरो सपनाको आवाज
तिम्रो साथ नपाएर चुपचाप छन् आवाजहरू
तिम्रो चुम्वन नपाएर आहत् छन् आवाजहरू
ओ नायिका ! तिमी आवाजसित प्रेम गर

फूलको आवाज
चराको आवाज
मान्छेको आवाज
ओ नायिका ! तिमी आवाजसित प्रेम गर ।