भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाटोले भन्छ पाइला बैगुनी / सुरेन्द्र राना

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बाटोले भन्छ पाइला बैगुनी
बिर्सेर जान्छ साह्रै नहुनी
छातीभरी डोबहरू छोडी
टेकेर जान्छ कस्तो लौ खुनी

जन्ती हिँड्यो कि, मलामी हिँड्यो
मित्र भेट्यो कि, शत्रुसँग भिड्यो
थाहै छैन आफैँलाई, काहाँ पुग्यो कुन्नी

मन्दिर घुम्यो कि, मधुशाला पस्यो
प्रणाम गर्यो कि, पछि छुरी घस्यो
अघि बढ्दै जान्छ, सुन्दै नसुनी ।