भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भन्छन् कोही जिन्दगी यो / मदन दीपबिम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो
कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो
म त भन्छु सृष्टिको अमूल्य उपहार
मानिसको जूनी झैं के छ र बराबर?
बाँचुञ्जेल गरौं रमाइलो
नाच्दै गाउँदै गरौं रमाइलो

आएका थियौं खाली हात जान्छौं नै खाली
बाँचुन्जेल आऊ न नाँचौं रिसराग फाली
दुई बचन मिठो बोली देऊ
मिठो बचन बोल्दैमा के नै हाम्रो जान्छ र?
मै हो भन्ने मान्छेले पनि खै के लान्छ र?
बाँचुञ्जेल गरौं रमाइलो
नाच्दै गाउँदै गरौं रमाइलो

दिउँसो सुक्ने शीत पनि बिहान हाँसिरहन्छ
ओइलिझर्ने फूल पनि हाँस्दै बाँचिदिन्छ
जति पाउँछौं जिउँला यो जिन्दगी
पाएको यो जिन्दगी नबिताऔं है रोएर
मनको मैलो पखालौं मायाले धोएर
बाँचुञ्जेल गरौं रमाइलो
नाच्दै गाउँदै गरौं रमाइलो

शब्द: मदन दिपबिम
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: चोली राम्रो