भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भीरबाट खसे / श्याम तमोट

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:13, 23 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्याम तमोट |अनुवादक= |संग्रह= }} {{KKCatGee...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

भीरबाट खसे उठ्न होला सजिलो
आँखाबाट खसे उठ्न साह्रै अप्ठेरो ।
हजुर साह्रै अप्ठेरो ।

भन्छन् बस्न पाउँदैमा थ्याच्च नबस्नू
भन्छन् बोल्न पाउँदैमा प्याच्च नबोल्नू
थ्याच्च बस्नु, प्याच्च बोल्नु होला सजिलो
भाँती पु-याउनुु हुन्छ साह्रै अप्ठेरो ।

सागरभित्र पस्नु बरु होला सजिलो
मनभित्र बस्नु हुन्छ साह्रै अप्ठेरो ।
हजुर साह्रै अप्ठेरो ।
भन्छन् एक हातले मात्र ताली बज्दैन
भन्छन् एक माघले मात्र जाडो जाँदैन

अरुलाई अर्ती दिनु होला सजिलो
आपूmले नै गर्नु पर्दा हुन्छ अप्ठेरो ।

भीरबाट खसे उठ्न होला सजिलो
आँखाबाट खसे उठ्न साह्रै अप्ठेरो ।
हजुर साह्रै अप्ठेरो ।