भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मतलबी सपना / सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कुनैबेला
दुइटा मन
ठ्याप्प जोडिएर एउटै हुँदा
म तिमीलाई सपना बिपना जताततै देख्थँे

आजकल
खै कुन्नी के भएर हो
मन दुई फप्लेटो भएर फुटेको छ
बिपना त के
तिमीलाई सपनामा पनि देख्दिन
थुइक्क
सपना पनि मतलबी हुँदोरहेछ ।