भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मीठो दुःख / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो मीठो दुःख तिमी फर्किआउनू फेरिफेरि
प्यारो मान्दै सहुँला म जिन्दगीको आँधिबेरी

गुलाफको पत्रजस्तो अञ्जुलीले तिर्खा दियौ
धारैधार हिँडिरहेँ दुःख जता तिमी थियौ
सारा मेरा साँझहरू त्यही जून खोज्दै बिते
सधैँभरि हार्नलाई एउटा कस्तो जीत जितेँ !

रुझाएको साउनले तलाउको गहभरि
हेरुँला म निर्धा रूप बाँचुला म कसैगरी
तिम्रो कथा सुँनुला म आफ्नो कथा छिपाएर
जिन्दगीलाई काँडामाथि हिँड्न अझै सिकाएर !