भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
{{KKCatNepaliRachna}}
<poem>
म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु,
त्यसको वरिपरि रातो दाग लागेका हुन्छन्;
थुप्रै सूर्यहरू अस्ताउन आँटेका हुन्छन्,
मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन खोज्छन्
उम्किदै गइरहेका आभास भएर,उम्किदै गएरहेका गइरहेका क्यानभासहरू भएर,आफ्ना सत्यहरू भएर,
तिमीले कहिले काहीँ देखेका छौ
परको आकाशलाई अझै परको क्षितिजलाई,अझै परको रातो रंगलाई रङ्गलाई भने – त्यो मेरो आमा हो,
हुन त मेरी आमालाई तिमीले मार्यौ– मार्यौभ भने भनेको छैन,उसले घांटीभरि अल्झायेका घाँटीभरि अल्झाएका खुकुरीको घाउमा मैलेरगत थुप्रै बगे भनेर भनेको छैन,मैले चिच्याएको छैन,
हुन त मेरो घरको एउटा कोठामा
जब पस्छु – त्यो मेरो आमा हुन्छ,सबैले वरिपरि बसेर कुरा गरिरहेका हुन्छन्,ठूलो षड्यन्त्र भैरहेको हुन्छ,
ब्यङ्ग्य गरेर हाँसिरहेका पनि हुन्छन्
कि यसको आमाले यसकै देशमा आत्महत्या गर्योौ गर्यो भन्दै,
र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु ।
मेरो आमाले आफुलाई काटीसकेपछि काटिसकेपछि मेरो निम्ति
यहि खुकुरी धुनलाई ‘दिनु भएको छ’
मलाई थाहा छैन, अरूका आमाहरू यस देशमा त्यसो गर्छन् गर्दैनन्मलाई थाहा छैन मेरो पुस्ताले खुकुरीहरू पाए कि पाएनन्,
जब यौटाले आत्महत्या गर्छ
उसले नै गर्छ –
जीवन ती स्वप्नद्रष्टाहरूलाई
देश ती शासकहरूलाई
खोला, ती सन्तहरूलाई, व्यापारीहरूलाईदेवता, ती धर्मीहरूलाईखुकुरी, मलाई
किनभने मैले यसलाई मेरी आमाको रगतदेखिन्
मुक्त गर्नु छ
मात्र फलाम बाँकी रहोस् भनेर,
रगत मलाई
किन भने मैले यसलाई मेरी आमाको
कायरतादेखिन् मुक्त गर्नु छ
मात्र शान्ति बाँकी रहोस् भनेर,
अरूले सास फेर्न पाउन् भन्दै
ठूलो सन्तुस्टीसहित, ठूलो महत्तासहित, ठूलो फाँट र आलुबखडाको रुखसहित,
मेरा खुम्चिरहेका यी निधारका छालाहरूमा
अरूको निम्ति फक्रिरहेका फूल त छैनन्, छैनन्तर ती कल्पना पनि छैनन्,
र ती व्याख्यानहरू छैनन् कितापका कागजमा गर्ने
र ती चनाखा दृष्टिहरू छैनन्, नियालेर परसम्म हेर्नेर ती रगतहरू छन्,
र ती रगतहरूसित तिमी डराउनेछौ
र ती रगतहरूलाई मैले मेरो हातले पुलिसको लागि पुछेको छु ।
भाग्दै गरेको त्यो मानिस,
एक्लै गएर कहीँ बास बस्न खोज्छ
त्यसका हातभरि अझै रगतका टाटा छन्,
ती हात मेरै हुन् ।
तिम्री आमाले आत्महत्या गरेको देश
मेरी आमाले आत्महत्या गरेको देश
सबैकी आमाले आत्महत्या गरेको देश,
यो मेरो देश
यो तिम्रो देश।देश ।कुनै कचौराको रक्सीमा एउटा प्रतिबिम्ब छ, भनेगहिरो सागर तलसम्म पुगेको हुन्छ,
त्यहाँ आँखाहरू देखिनेछन् निस्तब्ध भएका
त्यो घाउ छरिएको हुनेछ,
सबै अवयवलाई चारैतिर फ्याँकेर
सिलिङ्गमा !
भूईँमा !
चलमलाउने छन् ब्यूँझनलाई,
चलमलाउने छन् जिउनलाई
यी सबै सङ्घर्षहरूसित एउटा ठूलो ब्यङ्ग्य गर्दै
जङ्गलका बतासहरू जस्तै रूखहरूमा हराउन थाल्छन् ।
डर लाग्दा बिरालाहरू कोठाभित्र आएर रगत चाटिरहन्छन्,
मानिसको रगत पहिलोपालि मीठो मानेर उसका गिजाभरि
स्वादिलो किसिमले लागेको छ,मैले धपाउन नसकेको बिरालो त्यही थियो,र उसले मेरो आमाको भूईँमा पोखिएको रगत खाइरहन्छ,
मृत्यु यौटा व्यक्ति भए पनि
आत्महत्या सबै व्यक्तिको हुनेछ।हुनेछ ।
अहिलेसम्म इतिहासमा कहीँ पनि कसैले नदिएको पुरस्कार
तिमीले मलाई दिएका छौ
बिरालो मलाई दिएका छौ
र दिएका छौ मलाई यौटा देश,
जहाँ मेरी आमाले आत्महत्या गरेकी छ ।
आत्महत्या, कहिले फूलको कोपिला जस्तो फूल भएर फक्रिन चाहन्छआत्महत्या, कहिले बिशाल गगनचुम्बी भवनहरू भएर उभिन चाहन्छआत्महत्या, कहिले ठूलो पैरो भएर जान चाहन्छआत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छआत्महत्या, कहिले ठूलो डढेलो भएर जान चाहन्छ,आत्महत्या, क्यानभासमा रातो भएर पोतिन चाहन्छ,आत्महत्या, महान लहर भएर सागरमा बहकिन चाहन्छआत्महत्या, यहाँ जसले पनि जहिले पनि हुन चाहन्छआत्महत्या, तिम्रो बुइँगलको सिलिङ्मा कहीँ सिउरिएको छ।छ ।
लाग्ने हतियार भएर ब्यूँझनेछ ।
गएर हेर, कसैले खुकुरी लुकाएको त छैन,
(सायद तिम्री आमाले लुकाएको होली)
पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनू
त्यसबेला तिम्री आमा मरिसकेकी हुन्छे,उसले आत्महत्या गरिसकेकी हुन्छे,
त्यहाँपछि तिमीले खाली कोठा मात्र पाउने छौ
कहीँ केही भएको हुने छैन,
छाल पनि हुने छैन लहर पनि
निर्वैयक्तिक परिवेशमा लामो सास फेरिरहेको मृत्युले
लामो सर्प त्यहीं भैरहेको हुनेछ
निल्दै बसिहरेको अग्लो रुख र ढुङ्गाहरूलाई
केही भैरव, केही रुद्र र केही दैत्यहरू हुनेछन्
रगतमा मुछिएका आवासहरू
र, अरू सभ्यहरू यो बाटो नहिँडेर परबाट
जाने छन्
कुनै पुराणको कथा जस्तो हुनेछ,
यो मेरी आमाले आत्महत्या गरेको देश ।
याद आएको थियो
तिमी र म त्यसै बेला अल्झिएका खोला नाला उठाएर
-सावाथको दिन, आराम गर्छौं गर्छौँ भन्दै थियौंथियौँतर,ती छर्किएका पवित्र पानीहरू थिएनन्,ढोका दलिन, र भित्ताहरूमा रातो लागेका व्यक्तिगत
बलिदान जस्तो ।
सहादत जस्तो ।
तिमी र म त्यसै बेला निष्ठुर बेलालाई साथै
लिएर गइरहेका पनि हुँदा हौँ –हामीलाई थाहा थिएन
तर म तिमीलाई प्रशस्त चिन्थेंचिन्थेँ
तिमी मलाई चिन्थ्यौ –
हामी यसरी चिनारी साटिरहन्थ्यौंसाटिरहन्थ्यौँ, होइन र ?
चोकभरि ओछ्याइएका बलिदानका रगतलाई
एक एक गरी केलाएर हेरेका हौंला हौँला –कसैलाई चिनेनौंचिनेनौँप्रत्येक आँखालाई जाँचेर पनि हेर्यौंहेर्यौँ ,छामेर जिउलाई हेरौंहेर्यौँ हुन त, परिवेशभरि त्यसबेला सम्पूर्ण वेदना गन्हाइरहेको थियोकिनभने ती आँखा, ती चोक, ती हातखुट्टा र गिंडहरू गिँडहरू थिए
तिनका वरिपरि पोतिएका स्वरूपलाई
एउटा सिंगो सिङ्गो अविश्वासले च्याहिरहेको पनि हुने थियोबरु बरू अहिले डढेलो नलागेको भए पनिखान्डिवको रक्षा गर्न मलाई पठाएको हो,
त्यंहाबाट कुनै पनि तक्षकलाई उम्किन नदिनू
किन भने तिमीलाई थाहा छ-डढेलो कतिदेखिन् खुब भोकाएकी क्यानभास जस्तो खालि छ-त्यसमा आगो लेख्यौंलेख्यौँपृष्ठभूमि थिएनन् भने पनि गहिरो साँझको रंग रङ्ग बलिरहेको छ, हरेक दलिन बलिरहेको छ, हरेक भित्ता बलिरहेको छ हरेक खुकुरी बलिरहेको छघाँटीबाट ओर्लिरहेको राता सर्पहरू मलाई बेर्न लाग्छन् ,
तिमी त्यस बेला दरबारका ओछ्यान ओछ्याएर
सुत्ने कोसिस गर्यौं ,गर्यौँर । भोलिको मिठो मीठो र अखण्डित दिनलाई मुखभर , चपाऊँदैम त्यहीं त्यहीँ, सर्पसित बसिरहन्छुम त्यहींत्यहीँ, आत्महत्यासित बसिरहन्छु,लामा लामा जिब्रो निकाल्दै आउँछन् , रातभरि,मृत्यु पर्खिरहनु निर्वैयक्तिक भएर म सिकें,तर परको भित्तासमेत एउटा ठूलो अनुहार टाँस्तो रहेछ,
झ्याल डरलाग्दा नंग्रा पालेर गर्जिंदा रहेछन्
आमाको लाससित लाशसित बसिरहुन्जेल तिमीहरूलाई सन्तोष हुँदो रहेछ,मलाई अनेकौं अनेकौँ सर्पहरूको रातो र विषालु डर लाग्छ,मलाई हिंड्न हिँड्न डर लाग्छ,मलाई, ओर्लिन उक्लन डर लाग्छ,मलाई, रगत कुल्चिन्छु कि भन्ने डर लाग्छ,मलाई, मेरो देशमा डर लाग्छ त्यसैले म जेसुकैलाई ‘ब्रेल’ छामे झैं झैँ छाम्छु ,तिमीलाई तिम्र ओठनिर छामिसकेपछि चिन्न थाल्छु,
तिम्रा मरेका सबै दिनहरूलाई फेरि ब्यूँझाउन मन लाग्छ
र एउटा ठूलो रातो झण्डा दिएर तलेजुको मन्दिरनिर
एउटा ठूलो एक्लो जात्र पठाइदिन मन लाग्छ ,त्यसलाई पर्खिनेहरूमा कोहि पनि हुने छैनन् ,धेरैले तानेर लैजानेछन् खटमा हालेर ,चमर, पंखा हम्किंदै पङ्खा हम्किँदै रातो जुलुस
होष्टेका नाराहरू ?
तिमी सुन्नेछौ, सुनिरहनेछौँत्यो खटको देवतालाई सुनिरहने छ, मेरो देशभरियहाँ मेरो आमाले आत्महत्या गरेको हो, त्यो त स्वयम्भूको हेरिरहने मुर्दा आँखाले देखेको छ,
तलेजुको मन्दिरले पनि हेरेको छ
भीमसेनथानको भैरवले पनि जान्दछ, 
सेतो भैरवलाई रातो रगत !
कालो भैरवलाई रातो रगत !
सेतो कालीलाई रातो रगत !
रातो कालीलाई रातो रगत !
ती राता सबै दागहरू मेरी आमाले सेरिंदा सेरिँदा लाग्छत्यो नीलो नदीलाई रातो रगत 
जेउसलाई रातो रगत
मिनर्भालाई रातो रगत,डाइनोसिसलाई रातो रगत,ती राता अक्षर मेरा अक्षर हुन् ,यस बेला ठूलो उत्सव मनाएर, ठूलो नृत्य गरे पनि हुन्छ,अनि, गीत गाएर राता फूलहरूका ,आगो जस्ता आगोजस्ता,उफ्रिएको खुट्टाहरू पनि होउन् ,गालाहरू,चम्केका,
आँखाहरूमा वेदीहरू टल्किउन् पर बलिरहेका
ठूलो टापु, कोलाहलको टापु,आगोको रातो टापु
मेरो आमाले आत्महत्या गरेको देश ।
कहिले शून्यका सम्बन्ध एउटी कुनै बूढीले कुरा गरिरहिछ,भर्खरै उसले माथे बुइंगलदेखिन् बुइँगलदेखिन् तल ओर्लिएकी छे भन्ने कुराओहोर-दोहोर गरिरहेका रुखहरूलाई, हेर्छन् ,
र उसका हत्केलामा राखेका आँखाहरू
तिमी र म कहिले पनि उसका कुरा बुझ्नेछैनौं
ऊ त,त्यही उत्सवको देशकी बूढिया
यहाँ गुराँस देखेर आएको भनेका छन्
यहाँ बलेका बिहान र साँझ हेर्न आएको भनेका छन्
एउटा उत्तानो सुतिरहेको भीमकाय दैत्यलाई
यहाँ उसले देखेर आएको भनेका छन्
म उसलाई चिन्दछु भन्ने कुरा तिमीलाई थाहा छ,
तर उसका कुरा बुझ्नेछैनौं हामी ।
 
उसका भाषाहरू अनावृत होलान्
उसको चेहरा जस्तो
ऊ जस्तो कोही पनि छैन भनेर मैले थाहा पाएको छु,ऊ शून्यको सम्बन्धमा समुद्र जानेको छ ,
एउटा आइमाई र लोग्नेमानिसको
निर्जीव रातो मखुण्डोको बीचमा
सजीव एउटा फैलिएको रातो हात लिएर
उभिरहन्छ सिंगारिएका सिँगारिएका कथाका कथाहरूगुलाफको रातो फूल जस्तै, झन्डैले रगत चुहिने गरीसेतो कागजभरि
अक्षर नचिनिने पार्दै
मेट्दै बहुलाहाले जस्तै ती पुराना अनौठा सम्झनाहरूलाई
आफ्ना आकाशहरूभित्र ,परिप्रेक्ष्यमा कहीँ नीलो पहेंलो रंगका रङ्गका पानीनबगेको कुरा गर्दैनन् आफूले बोकेका सब पूजासामा समेत सिन्दूरी छन्,
आफैलेलाईदिएका टीका त हुन् ती भचाखुसी
काटिन लागेकाहरूलाईलाईदिएकोलागेकाहरूलाई लाइदिएकोमहान् उद्घोष गर्दै गुम्बजका ऐनाहरू फुटुन्जेल ,चारैतिर चोकमा, मरेका अवयवहरूमा
पानी बगेजस्तै सृजना गरिएको छ किताप अघिल्तिर
परदेखिन् बगेर आइरहेको हुन्छ
लहरमा अरू लहर र बगाइ अरू बगाइ थपेर
गहिरो पार्दै भित्ताका सबै ईंटहरूलाईईँटहरूलाई
माथिको पहेंलो जूनको ज्योति पनि
अघिसम्म सिन्दूरी थियो भनेर थाह हुन सक्छ
किन सबैले रातो मेट्न खोज्छन् ?
मेरी आमाले सेरिंदा सेरिँदा छिर्का परेको मेरो निधारमा रातो टिका
त्यो मुखुण्डो बिचको रातो हात एक्लो
मेरो बाहेक कसैको हुन सक्तैन
मैले धोएका खुकुरीहरूको सम्बन्धमा सबै गुठीयारले भन्नेछन् ।
 त्यो पुरोहितले पूजा गरेको,काठको पानीको देवता,ढुङ्गाको आवाज,आकाशको देवता,
रिसले दाँत देखाउँदै वीभत्स हाँसिरहेका धारहरूलाई
मैले सम्झने गरेको छु ,
मैले सबै फलामलाई सम्झने गरेको छु
सधै आहालमा व्यर्थै बसिरहेको सूर्यको डोबलाई
पूर्वको रातो घाममा
मैले सम्झने गरेको छु,त्यहाँ एक प्रकारको तांत्रिक तान्त्रिक लाखेको अनुहार
मैले सम्झने गरेको छु ।
तिमी र म बसेको ठाउँमा यो लाखे
तेस्रो व्यक्ति हो,जसलाई मैले सम्झने गरेको छु,जसलाई मैले अचेल च्यातिदिने तर्खर गरेको छु त्यो बूढियाको लोक-कथामा सानोतिनो पूर्वाभासको आग्रहलाई म रिसाउँदिन ,
रातो भनिदिएपछि म भन्नेछु
यो मेरी आमाले आत्महत्या गरेको देश हो
यसका चारैपट्टि क्षितिजहरू छैनन्
यसको माथि ठूलो गुम्बज छैन,यसको मुन्तिर पाताल कहीँ पनि छैन,यसको ढुङ्गा छैन,यसको कहीँ पनि शब्द आउँदैन ,
यसको धरहरा र बिगुल छैन
बिउँझने गरी सबैलाई उसले भन्दैन ,सिंगो सिँगो एक्लो परिवेशलाई थाममा बाँध्ने मनसुवालिएर आउंदै आउँदै गरेको यात्रामाकहीँ गोरेटो टुंगिएपछिटुङ्गिएपछिती झरेका आगो जस्ता आगोजस्ता थोपाहरूको रंगाईरङ्गाईकैलनरीको उकालोमा ,लैजानुपर्ने होलास्वतन्त्र तुल्याएर सबैदेखिन्; राजा,राजा ढुङ्गा, देवता,बोक्सी, र डाइनदेखि ,ऊ के गर्छ भनेर कपाल कन्याउँदै सिंगै जंगल सिङ्गै जङ्गल हेरिरहन्छ , सल्किरहेको ।उचालेका अनेकन रुखहरूमध्ये,उसको काँधमा मैले र तिमीले देखेको शिरीषको ठूलो रुख
०००
चिच्याएर आकाशतिर हेर्ने हो भने पनि
हेरे हुन्छ
त्यो बग्दै गरेको रातो खोला, मेरो आमा हो
यो मेरो आमाले आत्महत्या गरेको देश हो ।
म गीतका पर्खाल लगाउन आँटिरहेको छु, त्यस बेला,
सूर्यका सबै घाम ओच्छिन खोजिरहेका थिए परसम्म
ओगट्न नसक्ने गरी केही राता गुराँसका पातहरू थिए
धेरै उज्यलोहरू आँखामा समेटेर अत्यन्त अग्लो उभिरहेकाधारा पानी,गलैंचामागलैँचामा
तिमीलाई यिनै सबै कुराहरू
म ढुङ्गाको एउटा रातो सूर्यलाई ,जन्म दिन बसिरहेको छु
यही वध्यशिलामा सबैले अनुष्ठान सहित केही खान्छन्
र ,बलिरहेको मुस्ला काखी च्यापेर तातो चुहुने गरी नाच्छन्
आगोका राता देवताहरू भएका बेलामा
तिमीले केही नदेखेको भए पनि तिम्रा वरिपरि उत्सवभएको हुन्छ
नगरा बज्दै गरेका हुने छन् महान् सूचना दिंदै
महान् घोषणा गर्दै ,चिहानमा मरेका सबैलाई पनि बिउँझाउने गर्दै,सुतिरहेका सबै स्वर र आकृतिहरूलाई उठाउने गर्दै ,
र तिमी र म ती बाघका आँखा गन्न थालिरहेका छौं
र त्यस्तो व्यक्तिले मलाई हेरिरहेछ, भनेर थाहा छ ,
तिमीलाई पनि यस्तै थाहा छ ।
ती त्यही हातको रातो खुकुरीलाई ऐनामा उभिं दिंदा उभिन दिँदा म त्योव्यक्ति देख्छु , म र तिमी बाहेक तिमीबाहेक त्यो,उही आंधी आएको जस्तो आँधी आएकोजस्तो, आइरहन्छ रातो आँधीकतिओटा घर लैजाँदै ,कतिओटा किनार लैजाँदै,म ठूलो वतास बतास संरचना गरिरहन्छु ,त्यस बेला,म आकृतिका दुर्बोध्य नियतिलाई संरचना गरिरहेको हुन्छु ,
परको एक्लो बोटमुनि बसिरहेको
त्यो आकृतिलाई मेरो र तिम्रो आँखाले नाभ्येका पनि त हुन्
तिमी एक्लिंदै एक्लिँदै जाँदा ,म पनि एक्लो हुँदो रहेछु हुँदोरहेछु,
त्यो रातका अँध्यारा कोठाहरू जसरी एक्लो भएर
बेग्लै अनुहार बोक्दै ,आउँदा रहेछन्मलाई लखेट्न ठूलो छाल बेलुकीपख घस्रिदै आए जस्तैघस्रिँदै आएजस्तैती आइरहेका सबैलाई म सानु निमन्त्रणा दिने रहेछु ,
तिमी र म
म र तिमी अनि त्यो तेस्रो व्यक्ति ,तेस्रो व्यक्ति अनि म र तिमी,
आदान प्रदान गर्छौं आफ्ना एक्ला सेरिएका घाँटीहरूलाई
तिमीले पर्खेको जस्तै
मैले पर्खेको जस्तै
मेरो आमाले आत्महत्या गरेको देशमा ,कि केही पानी र अक्षताहरू होउन् ,
कि केही अनुष्ठान भए पनि होउन्
कि केही राता फूलहरू होउन्
केही होउन् , अस्ताउन आँटेका बेलुकीका आकाशहरूमलाई त्यसैले एउटा हत्या भइराखेको हेरिरहनमन लाग्छ,
र एउटा गोरेटो बलिवेदीमा गइरहेको हेर्न मन लाग्छ
एउटा भित्तालाई सिंगै सिङ्गै बिच्छ्याएर
त्यसका सबै टाटाहरू सहित
घाइते पारिदिन मन लाग्छ !
 ती ओच्छिएका नासोरिएका भईंहरूमा ,
ती नसमेटिएका रातो गलैंचा मैले बस्छु
कुर्दै आउन आँटेको ठूलो भूइंचालो जस्तै,ज्वालामुखी आएको जस्तै,नदी रगतको आउँछ,जसलाई तिमी बाँध्न खोज्छौ
म ठूलो पतवारसहित त्यहाँ भिज्न खोज्छु
त्यो मेरो आमाको रगत
मेरो रुख हो
त्यसका चरित्र सुँडमा अनेक रंगले रङ्गले बाँधिएको पुतली राखेको
त्यो सुतिरहेको रुपको अनुकृति समेत गहिरो छ
अनि देख्न सकिन्छ:
शरीरमा बाँडिएको केही रातहरू भएर, खुट्टा र हात भएरकेही सास भएर,सुक्न आँटेका जस्ताआँटेकाजस्ता,केही घोडाको टाप हिंडेको आवाज जस्ताआवाजजस्ता,थोपा सुनिरहन सकिन्छ,एक्लै बसेर ,त्यो तेस्रो व्यक्ति नभएको ठाउँमा,सिलहट भनेर हुँदैन, कुनै सिलहट निर्वैयक्तिक हुन्छ,
आक्रमण सम्पूर्ण कालो भएर
तिमीलाई तिमी ती यात्रुहरू र बगरमा हिंड्ने हिँड्ने उँटकाकुरा गर्नु । 
त्यो आश्चर्यको रुखलाई माटोले प्रशस्त बाँध्छ
माथि उम्रन सक्दैन त्यसैले
धर्तिदेखि उम्किन नसक्ने बाध्यता
उसको तिम्रो पनि होइन,मेरो पनि
त्यसैले किन चिन्तित हुने ।
बरु केही तितेपातीका स्याउला र मंत्रले भजाएका अक्षता
चौतारीको धुलो, लिएर मान्छिन चाहन्छु यस स्वप्नलाई
म धेरै बेर रातो सपनाहरू हेर्न सक्ने छैन
नीलो त शिरीषको बोट भयो
हरियो गाउँलेको अँगेनामा भन्ने कथा भयो
पसिना पचाउनलाई ।
श्र भन्दा  श्रमभन्दा पसिना पचाउन गाहारो हुने कुरा मैले सुनेको छैनएउटी चितलांगे चितलाङ्गे केटीले गाउँ आँटेको गीत भएछ,वरिपरि सखीहरू लिएर ऊ केटाहरूलाई बाँध्ने गर्थीपुरुष जातिलाई
एक मुठी ‘स्लिपिंग टेबलेट’ खाएर लेखेका गुनकेसरी पनि
तिमीलाई मन परेको सुन्दा सम्पूर्ण बलेसी चुहिन थाल्छ
त्यो धनी फोनेसियन व्यापारीले पैसा प्रशस्त कमाउँछ, हाँस्छ,
अर्थात् मिदासको कथा ।
 
ती सुनौला डलरहरू
म जहाँसुकै अनुपयुक्त,परिधि सानु सानू त म ठूलो हुँदो रहेछु
परिधि ठूलो त अझै ठूलो हुँदो रहेछु ।
अल्झी-अल्झी फेरिएका सासहरू मेरा कान बजिरहेका छन्
जस्तै कुनै कवि तथा कलाकार मर्दा
मानिसहरू शोक सभा गर्न बाध्य छ ।
 
राता फुलेका केही फूलहरू रहेछन्
कोपिला पनि त्यो बुटामा रहेछ,
एउटा टापुमा एक्लो बसिरहेको बादल अनि आकास
एउटा टापु जस्तो एक्लो हुन बाध्य छ ,
पृष्ठभूमिमा सेतो समुद्र राखेर
दूध जस्तो हुन्छ आँखाका नानीभन्दा बाँकी ठाउँहरू
दूध जस्तो बेहान बनाएको काँचो गोलभेडाको तरकारी
त्यो पृष्ठभूमिको सेतो सागर यस्तै हो ।
 दूधजस्तो हुन्छ यहाँ न्याय गरेको,
दूध जस्तो हुन्छ छोटै अवधिमा बनेका टुंगनाहरू
दूध जस्तो हुन्छ मलाई तातो अँगेनाको भुंग्रो फ्याँकिएकोमासुको चौटा जस्तो ।
दाउरा पुगेन भने मुर्दालाई त्यसै घाटमा छोपिदिनुपर्ने हो
मेरो देशमा मेरी आमाले आत्महत्या गरेको देशमादूध जस्तो हुन्छ,गोठालाले लगेको सबै रंगका वाछाहरूरङ्गका गाइबाछाहरू
अहिलेसम्म फर्किन आएका छैनन् ।
 त्यसैले अलिकति अचानोलाई हाँसो ,अलिकति हाँसो,कुखुराको खोरलाई
अलिकति हाँसो बिरालोको ढिपी र उसका शोणित लोलुपतालाई
अलिकति हाँसो तिमीलाई र मलाई ।
 
म हाँस्न सकेको मेरी स्वास्नीले मलाई धोका दिएपछि
मैले प्रशस्त माया गरेको आस्थाले नै
मलाई ‘जोकर’ बनाएको तिमीलाई थाहा छैन
हुन त तिमीलाई सबै कुरा थाहा छ,फाल्ट पानी जस्तो हुन्छ,यहाँ विश्वास गरेको
छर्किदै वरिपरि घुमाएर उसलाई दाग लगाउँदै रातो
उसको जिन्दगी तैपनि जाँदैन त्यसैले उत्सव बाँकी छ ,म बाँकी छु खुकुरी बाँकी छ,धार बाँकी छ । मलाई त्यो हतियार हेर्ने इच्छा छ,कसैले दिंदैनन्
ती भोका धारहरूमा रेट्ने शक्ति जाँच्ने इच्छा छ
मेरा यी अनौठा इच्छाहरू तिमीलाई राम्रा लाग्ने छन्,सबै कुरा राम्रा लाग्ने छन्,परका क्षितिजहरू,परका भैंचम्पाका फूलहरू,परका चौताराहरू ,परका गोरेटाहरू,परका आकांक्षाहरू, मेरो , मेरी आमाले आत्महत्या गरेको देशकतै कुनै पनि दाग लागेको छैन भनेर भन्ने गरेका छौंछौँ । मेरो सामु ओच्छिएको त्यो रंगिन रङ्गिन परिवेशमा
सेतो तन्ना ओच्छिएको छ
केही अनुष्ठानका आभाशारू छन् त्यहाँ,म उही खुकुरी माझ्न व्यस्त छु,
म उही उत्सवमा व्यस्त छु
मेरा अनेकन सपनाका खोलाहरूलाईशुभकामना दिनेहरूतिमीहरू,मेरो आमाको लास लाश हेर्न आएको भीड हौतिमीहरूलाई सबैको सहानुभूति छ,सबैको सहानुभूति छ किन भने मेरी आमा मरेकी छ,
त्यो तेस्रो व्यक्तिले मलाई विस्तारै सुम्सुम्याउँछ
किन भने मेरी आमा मरेकी छ, उसको ममाथि सहानुभूति छ , त्यसैले,ऊ मलाई केही हातहरूमा,मासुका चौटाहरूमालुछेर बाँड्न सक्छऊ मलाई केही कलेजोहरूमा,केही हाड र छालाहरूमाभाग लगाउन सक्छ,केही गजबार छिट्कनी र आग्लोहरूमा थुन्न सक्छ,
तिनका भागिरहेका आकृतिहरूलाई
तिमीले समात्न सकेनौ भनेर म दुखी छैन
म दुखी छैन ठूलो सागरको बीच कहीँ पनि त्यो रातोछैन भनेरजुन पनि रातो टाटो ठूला ठूला लडाईहरूमा लडाईँहरूमा मेटिन्छथुप्रा लासहरूमा लाशहरूमा हराउँछ मेरो आमाको लास लाश जस्तै
कथाहरूमा बिलाउँछन् ती पीर र पीडाहरू
धूवाँ भएर अलिकति माथिसम्म उभिन्छन् दाउरा भएर
म र तिमी यस बेला कुनै कठोर र निर्मम कथा भन्न सक्छौंसक्छौँ
जुन कथामा कसैको नाम छैन ।
 ती चहर्याउने चहर्या उने घाउ पनि छैनन् ,
दुख्दैनन् ।
 अँध्यारो र उज्यालो वियोग भएको धेरै दिनपछि,एकै ठाउँमा तिनलाई मैले समातेको छैन,संघर्षका र मृत्युहरूका राता रंगहरू रङ्गहरू भएर केही हुने छैनतिनीहरू काठले बनाएका पांग्रामा हिंड्ने खट हुन्,
देवी देवतालाई माथि लिएर सहरको परिक्रमा गर्न
नसजाइएका कुनामा परेका आवासहरू जस्तै
नबनाइएका घरका आयोजनाहरूजस्तै,
तिनका ‘आगोका घर’
दक्षिणपट्टि खोलिएको झ्यालको उज्यालो
मन परेको थिएन,तिमीले पनि बन्द गर्यौ
त्यस अँध्यारोमा
मैले मेरा यात्रुहरूलाई निमन्त्रण गरेको थिएँ
उनीहरू आएनन्, पर्खिरहें तिमीले पनियो ‘आगोको घर’लाई जलाउने इच्छा ईच्छा छ,बग्दै गइरहेको पुरानो काठको देवल जस्तैदेवलजस्तै । 
कोठाबाट आएको मृत्युको आवाजमा
मन्दिरको महान् महान अनुष्ठान हुँ हुन सक्छ ।
०००
कति बिघ्न विश्रामहीन; आँखाहरू !केही हेरिरहेका छैनन्,मात्र कुनै विन्दु टुल्टुल्ती देखिरहन्छन्र, मुर्दाको आँखा त्यस्तै हुने छन् मैदानमा विभिन्न थरिकाहरियोपन लिनेकोलाईम बेग्लै कुरा गर्ने,तिमी बेग्लै कुरा गर्ने,त्यो तेस्रो व्यक्ति जस्तोअर्थात् हामीले कुरा गरिरहेको उसले सुन्ने छ,र,उसलाई आफू कागज हुन इच्छा लाग्ने छ,केही नीला आकासहरू खुम्चिंदै उभिंदैखुम्चिँदै उभिँदैम पल्लो रातो किनार जस्तो रहेछु,प्रतिबिम्बित देखेकोतिमी पल्लो स्वर जस्तो,मैले देखेकोलामो भएर निबन्ध हुन आँट्ने भय उसलाई भएछ,
मौन कथा एउटा बोल्न नसक्ने
केवल उत्तानो परेर घाँटीमा घाउ लिएर फैलिरहेकोनिरावृत घाउ,
धेरै युगहरूले एकै ठाउँमा जम्का भएर आफूलाई
भित्रसम्म जसका केही गहिरो पीडा छन्
हरियो पीडा सन्तापका स्वप्न, म गोरेटो खोजिरहेको छु,तिमीसित मिसिएरतेस्तो मानिस कोही थिएन,तिमीसित मिसिएर
बाक्लो थाक लागेर पोल्छ मेरो इच्छाहरूलाई
सबै बस्तीहरू
हरेक देउता देवीका अघिल्तिर
ती उज्याला घेराहरू मैले रुचाएको हुँ
हुन त, तिनीहरू नितान्त एक्ला र एकलास एकलाश थिएहुन त, तिनीहरू नितान्त टाढा र परदेशी थिएहुन त, तिनीहरू नितान्त उदासीन र पराया थिएमैले लिन खोजेका आश्रयहरू पनि,धोका दिन खोज्छन्
नितान्त निर्दोष भएर
मैले माझ्न खोजिरहेका खुकुरीका राता धारहरू
अझै पोल्दछन् पूरा क्षितिजको बेलुकीतिर
बगरको ग्रीष्महरूले जस्तै
बगरका बालुवाले जस्तैपुरस्कार जस्ता पुरस्कारजस्ता हुँदा रहेछन् ती राता फलामहरूतिमीलाई दिइएका अरनाका रिस जस्तारिसजस्तासजाएर पूजसामा झैं,
हरेक दोबाटोको देउतालाई पाल्चा दिएका हुन्
तिनीहरूले अँध्यारोमा बसेको धेरै दिनदेखिन्
केही पनि देख्न नसक्ने भैसकेर
बालांग-छदको पश्चिमी महाद्वीपमा जन्म लिने हो भने
किनारमा त्यस पोखरीका ; घोडा र घोडीहरू चर्छन्नजाऊ, नजन्म,
धन र ऐश्वर्य भए पनि त्यो पापी छ
त्यहाँ नपस्नू ।
 उत्तरीय महाद्वीपमा नजानू,
धेरै दिन बाँच्न सके तापनि त्यहाँ पाप छ
दामिनयान नपस्नू,
लुपाको पूर्वी महाद्वीप नजानू
भाले र पोथी पौडी खेलिरहेका हाँसका छन्
त्यहाँ पाप छ नपस्नू,
नाकमा दुखका गीतहरू सुन्नुपर्ने छ ।
काला घरहरूका ठाउँ
सेता घरहरूका ठाउँ
पृथ्वीका अँध्यारा प्वालहरूका ठाउँ
काला बाटोहरूको ठाउँ, नपस्नू,आफुलाई आफूलाई सबै पर्खाल र बारहरूले छेकेर बाँधुन्बाँध्नू । जाडो प्रशस्त हुने छहुनेछ,तातो पनि हुने छहुनेछ, नपस्नू,प्रेमहरूले लखेट्ने छन्, नपस्नू,नपस्नू त्यस्ता पुलहरूमा जहाँ आत्महत्या गर्न बाहेक केहीगर्न सकिन्न ,नपस्नू, ती ढोकाहरूमा बलिया साँग्लीहरूले बाँध्लान्नपस्नू, रुखका महान् टोड्काहरूमानपस्नू, ती जाल लगाएका माकुराका हातहरूमानपस्नू, अक्टोपसले आहाल बसिरहेको कालो खोलामा
तिमीलाई निल्ने छन् राता घाउहरूले
जम्मै पानी रातो भएर रङ्गिउन्जेल ,तिम्रा रगतहरू बगिसकेका हुने छन् हुनेछन्
</poem>
Mover, Reupload, Uploader
9,783
edits