भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो जोबन लैजाऊ / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केटा – मेरो जोबन लैजाऊ

केटी – पर्दैन, त्यो दुई दिनको

केटा – मेरो ज्यान लैजाऊ

केटी – चाहिँदैन, त्यो माटोको

केटा – मेरो माया लैजाऊ

केटी –
हुन्छ, यदि त्यो पुरानो हुन्न भने
पछि गई फेरि त्यो कहिल्यै छिन्दैन भने

केटा –
मेरो आँखाको नानीमा तिमी छाएकी छ्यौ
मेरो हृदय भावनामा तिमी आएकी छ्यौ
के पो दिन सक्छु अरू म तिमीलाई
जब सम्पूर्ण मलाई नै पाएकी छ्यौ
त्यतिले पनि तिम्रो मन भरिन्न भने
मेरो आँखा लैजाऊ

केटी – पर्दैन, त्यो लोभ हो

केटा – मेरो ओठ लैजाऊ

केटी – पर्दैन, त्यो मोह हो

केटा – मेरो बचन लैजाऊ

केटी –
हुन्छ, यदि त्यो कहिल्यै तोडिन्न भने
पछि गई फेरि ऋतु झैँ फेरिन्न भने