भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो बेहोशीलाई सन्ताप / ईश्वरवल्लभ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:52, 30 अक्टूबर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे
मेरो सबै मायाहरुलाई पाप भनी लेखी दे
मलाइ छोडी दे मलाई फेंकी दे मलाइ भाँची दे

म त सधैं उजाड छु हरियाली मेरो होइन
म त सधैं नै बेहोश छुँ तमाम झीवन मेरो होइन
मेरो परिवार पनि मेरो होइन मेरो होइन
मेरो जिन्दगानी पनि मेरो होइन मेरो होइन
मलाई तोडी दे मलाई छेकी दे मलाई भाँची दे

म त सधैं नै उदास छु तर खुशी पनि होइन
म त सधैं हतास छु तमाम व्यथा मेरो होइन
तर घरहरु पनि मेरो होइन मेरो होइन
म सधैं पनि केही होइन कोही होइन
मलाई मारी दे मलाइ सकी दे मलाई भाँची दे