भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मौन संवाद / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


केही कुरा नगरेर कुरा गर
चुपचापको पनि त भाषा हुन्छ
मौन तिमी टोलाइरहन्छ्यौ
बोलिरहने त आँखा हुन्छ

तिम्रो आँखा तरल देख्दा
खुसी टाढा भाग्न थाल्छ
संसार यो त्यसै मलाई
शुन्यशुन्य लाग्न थाल्छ
नरुझुन् परेली ती कहिले पनि
यति पुगे मलाई त लाख हुन्छ
मौन तिमी टोलाइरहन्छ्यौ
बोलिरहने त आँखा हुन्छ

मनको कथा पढ्न मिल्ने
तिम्रो आँखा किताब हो
नबुझ्नेलाई प्रश्न होला
मलाई त जवाफ हो
हा“सिरहे तिम्रो आँखा बोलिरहे
शिशिर पनि मलाई वैशाख हुन्छ
मौन तिमी टोलाइरहन्छ्यौ
बोलिरहने त आँखा हुन्छ